सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका १८ जना युवाहरुलाई यो बर्ष विभिन्न क्षेत्रमा उद्यमी बनाइने भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजना मार्फत वीरेन्द्रनगर वडा नम्बर ७, १० र १२ का युवाहरुलाई उद्यमी बनाइने भएको हो ।
ति युवाहरुलाई शुरुमा जीवन उपयोगी सम्बन्धी पाँच दिने तालिम सिकाइएको हो । तालिमको आइतबार आज समपान गरिएको छ ।
दोश्रो चरणमा उद्यमशिलता सम्बन्धी तालिम सिकाइने परियोजना फिल्ड अफिसर सुनिता विकले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाका अनुसार उनिहरुलाई व्युटी पार्लर, होटेल म्यानेजमेन्ट, कुखुरा तथा बंगुर पालन, सिलाइकटाई लगायका अन्य सिपहरु सिकाएर स्वदेशमै स्वरोजगार बनाइने छ । तालिममा १२ जना महिला र ६ जना पुरुषहरुको सहभागिता रहेको थियो ।
गरिबी रेखामुनी रहेका बिचमै पढाई छोडेका १८ देखि २४ बर्ष उमेर सुमहका युवाहरुलाई तालिममा सहभागि गराइएको परियोजना संयोजक तेज सोनामले जानकारी बताउनुभयो ।
तालिममा सहभागी वीरेन्द्रनगर ७ का मदन बुढा क्षेत्रीले तालिमबाट सिकेका सिपहरु व्यवहारमा लागु गरि उद्यमी बन्ने प्रतिवद्धता जनाउनुभयो ।
तालिममा सहभागी वीरेन्द्रनगर १२ का मिना विकले पनि आफुहरुलाई अवसर दिएकोमा परियोजनालाई धन्यवाद समेत दिनुभएको छ ।
यो परियोजना सुर्खेतको वीरेन्द्रनगर र वराहातालमा लागु छ । परियोजनामार्फत अघिल्लो बर्ष वीरेन्द्रनगर र वराहातालका एक सय ७ जनालाई उद्यमी बनाइएको थियो ।
