कालिकोट । कालीकोटको सदरमुकाम मान्ममा डिउटीमा रहेको ट्राफिक प्रहरीमाथि आक्रमण भएको छ ।
होली मनाइरहेका युवाहरुले जिल्ला ट्राफिक कार्यालयको डिउटीमा रहेका प्रहरीमाथि हिजो राती आक्रमण गरेका हुन् ।
युवाहरुको समूहले होहल्ला गर्दै ट्राफिक कार्यालयमा आएर डिउटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरी आएको समूहले कार्यालयमै आएर आक्रमण गरेकाले केही प्रहरी घाइते भएका छन् ।
आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुबराज बमले कार्यालयमा आएर आक्रमण गर्नेहरुलाई कारबाही लागि मुद्दा चलाउने तयारी भइरहेको बताउनुभयो ।