अबको चार बर्षभित्र जाजरकोटलाई बालबिवाहमुक्त गराउने प्रतिवद्धता

सुर्खेत । जाजरकोटका पालिकाले सन २०२७ सम्म बालविवाह अन्त्य गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखले २०२७ सम्म जिल्लालाई नै बालमैत्रीयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भेरी नगरपालिकाबाहेक अन्य पालिकाका सरकार प्रमुखको सहभागिता आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो ।
विभिन्न आठ बुँदे साझा प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाका माथि हुने सबै खालका हिंसासमेत अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरिएको छ ।
जिल्लाका सरोकारवालाको संयुक्त बैठकमा साझा धारणा बनाई २०२७ सम्म लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा हस्ताक्षरसमेत भएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान लगायतका अन्य सङ्घ संस्थाको सहयोगमा उक्त अन्तक्र्रिया भएको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानले जिल्लाका कुशे गाउँपालिकामा बालबालिकासम्बन्धी गरेका काम, बालविवाह हुन नदिन गरिएका प्रयासको विषयमा समेत जानकारी गराएको थियो ।
अन्य संस्थाले छेडागाड नगरपालिकामा गरिएको कार्यक्रमको विषयमा समेत जानकारी गराउनुभएको थियो ।