स्ववियु निर्वाचन नजिकीयसँगै क्याम्पसहरुमा निर्वाचन सरगर्मी

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिएसँगै कर्णाली प्रदेशका विभिन्न क्याम्पसमा निर्वाचन सरगर्मी बढेको छ ।
स्ववियु निर्वाचनलाई राजनीतिक दलहरुले समेत आफ्नो प्रतिष्ठाको विषय बनाएर अघि बढेका छन ।
कर्णालीमा रहेको मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका १० वटा र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका करिब २८ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि विद्यार्थीहरु आफ्नो संगठनबाट निर्वाचन मैदानमा छन् ।
नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु लगायतका विद्यार्थी संगठन निर्वाचन मैदानमा उत्रिएका छन ।
कर्णालीमा विद्यार्थी संघ–संगठनहरुले आफू अनुकुल गठबन्धन बनाएर अगाडी बढेका छन ।
सत्ता गठबन्धनभित्रका नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबीच गठबन्धन गरेर जान दलहरुले निर्देशन दिएपनि अधिकांश क्याम्पसमा त्यसरी तालमेल हुन सकेको छैन ।
नेपाली कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार सत्ता गठबन्धन निकट विद्यार्थी संगठनबीच तालमेल भएका कतिपय क्याम्पसमा सभापति नेविसंघ र सचिव अखिल (क्रान्तिकारी) को भागमा परेको छ ।
कतिपयमा भने अखिल (क्रान्तिकारी)ले पनि सभापति पाएको छ ।