कर्णाली प्रदेश सरकारले यो बर्ष मात्रै एक हजार साना सडक निर्माण गर्दै

सुर्खेत । कर्णाली प्रदेश सरकारले यो बर्ष मात्रै एक हजार वटा साना सडक निर्माण भइरहेको जनाएको छ ।
सडकको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा ल्याउनुपर्ने भन्दै प्रदेश सरकारले कर्णालीका वस्तीहरुमा एक हजार साना सडक निर्माण यो बर्ष निर्माण भइरहेको जनाएको हो ।
विकासको महत्वपूर्ण पूर्वाधार सडकको उचित विकास नहुँदा कर्णालीका अधिकांश नागरिक सडकको पहुँचभन्दा बाहिर रहेको भन्दै प्रदेश सरकारले सडक निमार्णलाई जोड दिइएको जनाएको छ ।
भौगोलिक क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रदेश भएपनि कर्णाली प्रदेशभरी यो वर्ष नयाँ र क्रमागतगरी करिब एक हजार सडक निमार्णका काम सञ्चालमा रहेका छन् ।
प्रदेश सरकारले ३० लाख भन्दा कमका योजना नबनाउने निर्णय गरेपछि यो वर्ष विगतमा भन्दा धेरै स–साना टुक्रे योजना र सडक निर्माणका योजना कम भएको मन्त्रालयका सुचना अधिकारी भीमबहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनूसार भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको १० अर्ब बजेटमा, भौतिक पूर्वाधार सडक र पुल निमार्णमा गरी ८ अर्ब बजेट विनियोजन गरेको छ ।
यस्तै, भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जनशक्तिको अभाव प्रमुख समस्याका रुपमा रहेको बताउनुभयो ।
दशवटा जिल्ला मध्ये सातवटा जिल्ला अहिले पनि निमित्तको भरमा काम छन् । दुई सय २१ दरबन्दी रहेको मन्त्रालयलमा अहिले सम्म प्राविधिक धारतर्फ मात्रै ६० प्रतिशत जनशक्ति रिक्त छ । रिक्त रहेको दरबन्दी पतपूर्तिका लागि लोकसेवासँग माग गरीकाएको छ ।
निर्माण कार्य प्रभावकारी बनाउन पर्याप्त जनशक्ति जरुरी भएपनि दरबन्दी अनूसारका जनशक्ति नहुदा सबैभन्दा धेरैजसो भौतिक पूर्वाधार निर्माणमा काममा जनशक्तिको अभाव देखिएको कार्कीले बताउनुभयो ।
बर्षेनी सडक निर्माण हुने तर स्तरउन्नती हुन नसक्दा वातावरणमा झनै ठुलो प्रभाव परेको भन्दै नागरिकहरुले आलोचना गर्ने गरेका छन ।