सुर्खेत, ५ चैत ।
सिम्ता बहुमुखी क्याम्पस सुर्खेतको स्वतन्त्र विधार्थी यूनियनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
त्रिभूवन विश्व विद्यालयको आंगिक क्याप्स सिम्ता बहुमुखीमा आज भएको मतदानबाट घनश्याम रेग्मी अध्यक्ष रहेको प्यानल नै विजयी भएको हो।
रेग्मीले ७० मत ल्याएर बिजयी हुँदा प्रतिद्वन्द्वि नेबिसंघका खगेन्द्र सापकाेटाई ८ मतले पछि पार्नुभएकाे छ । सचिवमा कृष्णा रावल ६९, कोषाध्यक्षमा शंकर सोनी ७० मत ल्याएर निर्वाचित हुनुभएको छ । सदस्यमा गिता मल्ल ६९, सिर्जना श्रेष्ठ ७२,हिर्मा कुमारी रावत ७० मत ल्याएर निर्वाचित हुनुभएको छ । समानुपातिक तर्फ करुणा परियार, रमेश वि.क. प्रदिप शर्मा र प्रदिप वस्नेत हुनुहुन्छ । समानुपातिक तर्फ अनेरास्ववियुकाे ७४ र नेविसंघकाे ५६ मत आएकाे छ ।