सुर्खेतका दुई पालिकाका ८० जना युवाहरुलाई उद्यमी बनाईँदै

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर र वराहाताल गाउँपालिकाका ८० जना युवाहरुलाई यो बर्ष विभिन्न क्षेत्रमा उद्यमी बनाइने भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजना मार्फत वीरेन्द्रनगर र वराहाताल गाउँपालिकाका विभिन्न वडाका युवाहरुलाई उद्यमी बनाइने भएको हो ।
यो बर्ष ४० जनालाई व्यापार व्यवसायको तर्फ उद्यमी बनाइने छ भने ४० जना भने आफ्नो इच्छाअनुसारको व्यवसायमा लाग्ने छन । उनिहरुलाई परियोजनाको तर्फबाट व्यवसाय शुरु गर्न आर्थिक र प्राविधधिक सहयोग हुने परियोजना संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
युवाहरुलाई व्युटी पार्लर, होटेल म्यानेजमेन्ट, कुखुरा तथा बंगुर पालन, सिलाइकटाई लगायका अन्य सिपहरु सिकाइएको संयोजक सोनामले जानकारी दिनुभयो ।
युवाहरुलाई लघु उद्यम विकास सम्बन्धीको पाँच दिने तालिम दिइएको छ । तालिमको आइतबार आज समपान गरिएको छ । वराहाताल र वीरेन्द्रनगरमा तालिमको आज एकदिन समापन गरिएको हो । वीरेन्द्रनगरमा नगरपालिका उपप्रमुख निलकण्ठ खनालले तालिमको समापन गर्नुभएको थियो भने वराहातालमा गाउँपालिका अध्यक्ष भिम भण्डारीले समापन गर्नुभएको थियो ।
तालिममा वीरेन्द्रनगरका १८ जनार र वराहाताल गाउँपालिकाका २८ जना युवाहरु सहभागी भएका थिए ।
गरिबी रेखामुनी रहेका बिचमै पढाई छोडेका १८ देखि २४ बर्ष उमेर सुमहका युवाहरुलाई तालिममा सहभागि गराइएको सोनामले जानकारी बताउनुभयो । तालिममा सहभागी वीरेन्द्रनगर ७ का मदन बुढा क्षेत्रीले तालिमबाट सिकेका सिपहरु व्यवहारमा लागु गरि उद्यमी बन्ने प्रतिवद्धता जनाउनुभयो ।
तालिममा सहभागी वीरेन्द्रनगर १२ का मिना विकले पनि आफुहरुलाई अवसर दिएकोमा परियोजनालाई धन्यवाद समेत दिनुभएको छ ।

स्वदेशमै रोजगारी बन्न सुझाव
परियोजनाले संचालन गरेको तालिमको समापन समारोहमा बोल्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले उद्यमी बन्नको लागि नविनतम र उर्जाशिल भएर काम गर्न सुझाव दिनुभयो ।
उहाले तालिमबाट सिकेका कुराहरुलाई आफ्नो व्यवसायमा लागु गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने भन्दै काम गर्ने इच्छा भएका व्यक्तीहरुलाई नगरपालिकाको तर्फबाट समेत सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी, समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले व्यवसाय छनौट गर्दा आफुसँग ज्ञान भएको व्यवसाय छान्न सके काम गर्न सहजसँगै फुनाफा लिन सकिने सुझाव दिनुभयो । उहाले बजारको सम्भावना भएका व्यवसायहरुलाई आफ्नो छनौटमा राख्न सुझाव समेत दिनुभयो । समापन कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यसमिति सदस्य नवराज खड्का लगायतको सहभागिता रहेको थियो ।

परियोजनाको सहयोगमा एकसयभन्दा धेरै स्वरोजगार
पावर परियोजनाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र वराहाताल गाउँपालिकामा काम गर्दै आएको छ । उक्त परियोजना मार्फत गर्त बर्ष मात्रै १८ देखि २४ बर्ष उमेर समुहका विपन्न परिवारका एक सय ५ जना युवाहरुलाई स्वरोजगारको बाटोमा लिइएको छ ।
परियोजना संयोजक सोनामका अनुसार अहिले उनिहरु आफ्नो परिवारको आर्थिक जोहो गर्न सक्ने अवस्थामा पुगेका छन । उनिहरुले कपाल काट्ने व्यवसायदेखि कुखुरा पालन, बंगुर पालन तथा अन्य व्यापार व्यवसाय गर्दै आएका छन ।
उनिहरुलाई परियोजनाको सहयोगमा उद्यमशिलता सम्बन्धी विभिन्न तालिम दिएर स्वरोजगारको बाटोमा लगाइएको हो । परियोजनाको नम्स र कामबाट प्रभावित भएर वीरेन्द्रनगर नगरपालिकाले १७ लाख र वराहाताल गाउँपालिकाले १३ लाख रकम विनियोजन गरी परियोजनासँग साझेदारी गरेका छन । अब धेरै युवाहरुलाई स्वरोजगार बनाउन सहयोग मिल्ने जनाइएको छ ।