स्ववियु निर्वाचनः सुर्खेत बहुमुखी क्याम्पसमा सिजापतीको प्यानल विजयी

सुर्खेत ।सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतीसहित प्यानल नै विजयी भएको छ । सिजापतीले ९ सय ६७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।
उहाका प्रतिप्रधि हिक्मत शाहीले ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । शाही गठबन्धन गरेर निर्वाचनमा होमिनुभएको थियो ।
यसैगरी, सचिवमा भवानी ढकाल निर्वाचित हुनुभर्एको छ उहाले ९ सय ४ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी मिलन विसीले ४ सय ७२ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा ललित राना निर्वाचित हुनुभएको छ । उहाले ७ सय ७० मत ल्याउँदा उहाका प्रतिस्पर्धी रामसरण विकले ४ सय ७२ मत मात्रै प्राप्त गर्नुभयो ।
यसैगरी सदस्यहरुमा भरत शाही, राधा रिजाल, गगन आले, जुद्द रोकाय, दिपेन्द्र शाही, महेन्द्र खड्का, निरा जैशी र अशोक बराल निर्वाचित हुनुभएको छ ।
यस क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेपाली काँग्रेस निकट नेविसंघले गठबन्धन गरेका थिए ।
टियु अन्तरगत रहेको यो क्याम्पसमा कर्णालीकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने गर्दछन ।