सुर्खेत । कर्णाली र सुदुरपश्चिमका सरोकारवालाहरुले विभिन्न कारणले विद्यालय बाहिर रहेका व्यक्तीहरुलाई शिक्षाको पहुँचमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।
युनिसेफको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल र निड्सद्वारा शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित अनौपचारिक तथा आजिवन सिकाई सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
अहिलेपनि विद्यालय बाहिर धेरै व्यक्तीहरु रहेको भन्दै उनिहरुको पहिचान गरि शिक्षा दिनेगरी योजना बनाइरहेको उनिहरुको भनाई छ ।
कालिकोट खाडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाहीले आफुहरुले दश बर्षिय शैक्षिक रणनीति तयार गरि काम गरिरहेको जानकारी दिनुभयो । स्याक नेपालसँगको सहकार्यमा पालिकाभित्रका विद्यालयहरुको १३ दिनसम्म अनुगमन गरियो । उहाले भन्नुभयो, “अनुगमनको क्रममा शिक्षामा धेरै समस्या देख्यौ, गरिबीसहित अन्य विविध कारणले विद्यालय छोड्नेहरु पनि धेरै भेटिएपछि हामीले शैक्षिक अवस्था सुधार गर्न दश बर्षिय रणनीति बनाएर काम गरिरहेका छौ ।”
विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उहाले उनिहरुलाई शिक्षासँगै सिप पनि सिकाइने बताउनुभयो ।
हामी हाम्रै पालामा शिक्षामा सुधार गर्छौ । उहाले भन्नुभयो, “पाँच बर्षभित्र पालिकाभित्र रहेका शिक्षाका समस्या समाधान गर्ने अठोट लिएका छौ । अब बिचमै पढाई छोड्नुपर्ने समस्याको अन्त्य हुने छ ।”
यस्तै, सुदुपश्चिम बैतडी जिल्ला पुर्चौडी नगरपालिका प्रमुख दिपक बहादुर बमले पनि आफ्नो पालिका भौगोलिक विकटताका कारण शिक्षा क्षेत्रमा पछाडी परेको बताउनुभयो ।
बिचमै पढ्न छोडेका विद्यार्थीहरुलाई शिक्षा दिनुका साथै सिपहरु सिकाएर व्यवसायिक बनाउने योजना आफ्नो रहेको भन्दै त्यो योजनामा सहयोग गर्न आग्रह गर्नुभयो । उहाले भन्नुभयो, “अहिले दुइवटा संस्थाहरुले सहयोग गरिरहेका छन, म यसको लागि धन्यवाद भन्छु । बिचमै पढ्न छोडेका व्यक्तीहरुलाई अनौपचारिक शिक्षा र आजिवन सिकाई प्रदान गर्ने कुरामा मेरो पूर्ण सहयोग रहन्छ । उनिहरुलाई शिक्षासँगै व्यवसायिक बन्ने बाटो पनि बनाईदिऊ ।”
प्रदेश सरकार पूर्ण प्रतिवद्ध छ
कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रतिनिधिहरुले बिचमै पढाई छोड्ने तर घटाउने सन्दर्भमा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहने बताएका छन ।
कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निर्देशक दिपा हमालले विद्यार्थीहरुलाई सिकाउने, टिकाउने र बिकाउनेगरी बनेका योजनाहरुमा निर्देशनालयको पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिक्षा क्षेत्रमा रहेका समस्याहरुलाई हल गर्नेगरी सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा उहाले जोड दिनुभयो ।
यस्तै, सुदुरपश्चिम प्रदेश शिक्षा निर्देशनालयका निर्देशक दुर्गा दत्त विष्टले शिक्षा पाउनुपर्ने हक सबै नागरिकको भएको भन्दै यो हकलाई सुनिश्चित गर्न स्याक र निड्स संस्थाले संचालन गरेका कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
टिकाउने शिक्षा आवश्यकता रहेको भन्दै विष्टले तिनै तहका सरकारले यसमा ध्यान दिनुपर्ने बताउँदै गैर सरकारी संघसंस्थाहरुले पनि यसमा सहयोग अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा, युवा खेलकुद शाखा प्रमुख जवाहरलाल हमालले पनि शिक्षासँग सम्बन्धित नीतिमा नेपाल धनी रहेको तर कार्यान्वयन तहमा पनि साह्रै गरिब रहेको बताउनुभयो । उहाले भन्नुभयो, “हामी शिक्षाको नीतितर्फ बहुद धेरै धनी छौँ । तर कार्यान्वयन तहमा हेर्ने हो भने साह्रै गरिब छौ, अब ग्रउण्डको आवश्यकताअनुसार नीति बनाउन आवश्यक छ ।”
प्रदेश र स्थानीय तहबिचको समन्वयको अभाव रहेको भन्दै हमालले समन्वय अभावमा शिक्षासँग सम्बन्धित नीति कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो ।
उहाले बिचमै विद्यालय छोड्ने कारणहरु पत्ता लगाई त्यसको नीराकरण गर्नु आजको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले नेपालको शिक्षाको अवस्था र भावी रणनीतिका विषयमा आफ्नो प्रस्तुती राख्नुभएको थियो । प्रस्तुती छलफलमा भाग लिने सरोकारवालाहरुले शिक्षा क्षेत्रको सबैभन्दा ठुलो समस्या सिकाउने, टिकाउने र बिकाउन नसक्ने अवस्था नै रहेको बताएका छन ।
बिचमै विद्यालय छोड्ने विद्यार्थीहरुको पहिचान गरि उनिहरुलाई शिक्षा दिने उद्देश्यले कर्णाली र सुदुपश्चिम प्रदेशका दुइवटा पालिकामा परियोजना संचालन गरिएको समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।
युनिसेफको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले कालिकोटको खाडाचक्र र बैतडीको पुर्चौडी नगरपालिकामा पाइलट परियोजना लागु गरि बिचमै पढाई छोडेका व्यक्तीहरुलाई शिक्षा दिनेगरी काम गरिरहेको छ । जस अन्तरगत विभिन्न उपलब्धीहरु हासिल भएको आचार्यले बताउनुभयो ।