ग्रामीण क्षेत्रमा सञ्चार सेवा गुणस्तरिय बनाउनुपर्छः मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुखयमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा सञ्चार सेवा गुणस्तरिय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
आजको युग विज्ञान र प्रविधिको युग भएको भन्दै उहाले प्रदेशका धेरै ठाउँहरुमा अहिले पनि मोवाइल नेटवर्क गुणस्तरिय नभएको भन्दै यतातर्फ ध्यान दिन दुरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभयो ।
शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा दूरसञ्चार कम्पनीले गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
यस्तै, उहाले सेवा सुविधा छिटो छरितो पाउनका लागि जनताले के गर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभएको छ ।
कर्णाली प्रदेशमा दूरसञ्चार प्रा.लिले आफ्नो सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रममा कर्णालीका मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख, संम्बन्धित निकायका कर्मचारीहरुको सहभागिता रहेको थियो ।