सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्पष्टता र इमानदारीको राजनीति होस् भनेर मैले पुनः विश्वासको मत लिने निर्णय गरेको बताउनुभएको छ ।
उहाले प्रदेश सभाको नवौँ बैठकमा विश्वासको मत माग्दै यस्तो बताउनुभएको हो ।
उहाले सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै पनि सम्झौता नगर्ने बताउनुभयो । शर्माले प्रदेशमा भ्रष्ट्राचार न्यूनीकरण र सुशासनका सन्दर्भमा सरकार कटिबद्ध रहेको बताउनुभयो ।
उहाले सम्भावनाले भरिएको प्रदेश भए पनि हरेक दृष्टिकोणले पछि परेकाले विकास र परिवर्तनका क्षेत्रमा अग्रसर हुनुपर्ने बताउनुभयो ।
त्यसका लागि रोजगार र पूर्वाधारका क्षेत्रमा सरकार अग्रसर भइरहेको उहाको भनाइ छ ।
