अनशनरत विद्यार्थीको अवस्था नाजुक बन्दै

सुर्खेत, २२ असार (जागरण) । विभिन्न मागहरु राख्दै आमरण अनशन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
अनशनको आज तेस्रो दिन अनशन बसेका तीन जनामध्ये रोशन बस्नेतलाई अस्पताल भर्ना गरिएको छ । देउती अस्पताल सुर्खेतमा बस्नेतलाई उपचारका लागि भर्ना गरिएको हो ।

अरु दुई जना विश्वविद््यालय परिसरमै अनशन बसेका छन् । विद्यार्थीहरु इन्जिनियरिङ संकायलाई पुर्ण स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायतका मागहरु राखेर गत बुधबारदेखि अनशन बसेका हुुन् ।
तल्लो तहका कर्मचारीहरुसंग वार्ता नगर्ने बताएका विद्यार्थीहरुले विश्वविद्यालयका पदाधिकारीसंगै आफ्ना माग सम्बोधनका लागि वार्ता बस्ने जानकारी दिएका छन् ।
उपकुलपति र रजिष्ट्रारले आफ्ना मागहरु वेस्वास्ता गरेको उनीहरुले आरोप लगाएका छन् । तर आफ्ना माग सम्बोधनका लागि भिसी र रजिष्ट्रारसंग मात्र वार्ता गर्ने उनीहरुको भनाई छ ।
अहिलेसम्म विश्वविद्यालयका पदाधिकारीहरु कोही पनि विद्यार्थीहरुको सम्पर्कमा नआएको अशनरत विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरु रोशन बस्नेत, मिलन विसी र रत्नकुमार शर्मा अनसनमा बसेका हुन् । विद्यार्थीहरुले हिजो देखी विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्द गर्नुका साथै केन्दीय प्रशासन कार्यालयमा समेत अनिशितकालका लागी ताला बन्दी गरेका छन् ।