सुर्खेत, १८ चैत ।
नेपाल निजामति कर्मचरी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले तत्काल संघीय निजामती ऐन ल्याउन माग गर्नुभएको छ । शनिबार नेपाल निजामती कर्मचारी संगठन सुर्खेतले आयोजना गरेको बृहत् बजभोज कार्यक्रममा अध्यक्ष कोइरालाले तत्काल निजामती ऐन ल्याउन सरकारसंग माग गर्नुभएको हो । सबै ट्रेड यूनीयनले साझा सुझाव दिएको भन्दै अब सरकारले तत्काल ऐन जारी गर्नुपर्ने उहाँले बताउनुभयो । छौं । स्थानीय, प्रदेश र संघ सबै तहका कर्मचारीहरुलाई कुनै विभेदनगर्ने खालको कानुन ल्याउनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले एमालेसंग आस्थावान कर्मचारीहरु उत्कृष्ट काम गरेर चिनिनु पर्नेमा जोड दिनुभयो । नेपाल निजामती संगठन केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज प्रयागराज शर्माले पेशागत हक हितका साथै कर्मचारीहरुबीच अन्तरघुलनका लागि संगठनले विगतदेखि नै नियमित रुपमा बृहत वनभोज कार्यक्रम गर्दै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा संगठनले यस वर्षको दशैँमा आयोजना गरेको चिठ्ठामा चिठ्ठा पर्ने तीन जनालाई पुरस्कार वितरण समेत गरिएको छ। प्रत्येक वर्षमा संगठनलाई आर्थिक सहयोग जुटाउनका लागि उपहार चिठ्ठा कार्यक्रम गर्दै आएको छ ।