ब्राइटल्याण्ड सेकेण्डरी विद्यालयद्धारा भिभावकहरुको निशुल्क स्वास्थ्य परिक्षण

सुर्खेतको विरेन्द्रनगर नगरपालिका ११ मा रहेको ब्राइटल्याण्ड सेकेण्डरी विद्यालयले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
विद्यालयले मंगलबार एक कार्याक्रमका विच विद्यार्थीहरुको नतिजा प्रकाशन तथा प्ररस्कार वितरणका साथै सम्पूर्ण भिभावकहरुलाई निशुल्करुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
निशुल्क सञ्चालन गरीएको स्वास्थ्य शविर एक स्वास्थ्य शिविरमा ३ सय ९१ जना अभिभाकले स्वास्थ्य लाभ लिइएका विद्यालयले जनाएको छ ।
निशुल्क स्वास्थ्य शिविर कार्यक्रम ब्राइटल्याण्ड सेकेण्डरी स्कुल र प्रशंशा हस्पिटलको साझेदारीमा उक्त कार्यक्रमम सञ्चालन भएको हो । स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरु सरोज गिरी, सोनाइ चौधरी र संजिव महतले सेवा दिइएका छन् ।