एमालेलाई कम्जाेर बनाए राष्ट्रियता कम्जाेर हुन्छ: एमाले उपमहासचिव गुरूङ्ग 

जुम्ला,२३ चैत ।
नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङ्गले
एमाले राष्ट्रकाे बलियाे शक्ति हुन सकेन भने मूलुक अन्धकारतर्फ धकेलिने जिकिर गर्नुभएकाे छ ।
नेकपा एमाले कर्णाली प्रदेशकाे पहिलाे प्रदेश भेलालाई बिहीबार जुम्लामा सम्बाेधन गर्दै उपमहासचिव गुरूङ्गले एमालेलाई कम्जाेर बनाए राष्ट्रियता, स्वाधिनता र मूलुककाे समृद्धिमा असर पर्ने जिकिर गर्नुभएकाे हाे । एमालेले सरकारकाे नेतृत्व गरेका बेला जनहितका काम गरेकाे उल्लेख गर्दै तीनै कामले लाेकप्रियतालाई देखेर षडयन्त्रपूर्वक एमालेलाई सत्ता विमुख गराइएकाे उहाँकाे भनाई छ ।
कर्णालीकाे सन्दर्भ बाेल्दै गुरूङ्गले कर्णालीलाई माथि उठाउन राज्यले विशेष याेजना बनाउनुपर्नेमा जाेडदिनुभयाे । कर्णालीकाे विकासका लागि भुगाेल परिस्थिति सुहाउदाे याेजना निर्माण तथा संभावनाहरूकाे उजागर गर्न कर्णालीवासी आफै पनि अग्रसर हुनुपर्ने उहाकाे भनाई छ ।
कार्यक्रममा स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश सहईन्चार्ज गाेरखबहादुर बाेगटीले कर्णालीकाे विकास र समृद्धिका लागि नेकपा एमालेलाई सत्तामा पुर्याउन आवश्यक रहेकाे बताउनुभयाे।
पूर्व कानुन मन्त्रि एवं एमाले स्थायी कमिटी सदस्य डा.शिवमाया तुम्बाहाम्फेले सरकारले सत्य निरूपण तथा मेलमिलाप आयाेग सम्बन्धी ऐन संशाेधन गरेर द्वन्द्वकालिन घटनालाई सामसुम पार्न खाेजेकाे बताउनुभयाे ।
केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले केन्द्रीय राज्यसत्ताले कर्णालीलाई अझैसम्म नसुनेकाे बताउनुभयाे।