कर्णाली प्रदेशमा बेरुजु रकम बढ्दै

सुर्खेत । कर्णाली प्रदेशमा सबैभन्दा धेरै बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा बेरुजु रकम बढ्दै गएको हो ।
कर्णाली प्रदेशमा ४ दशमलव ४३ प्रतिशत अर्थात १ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवित्ति मौलाएको प्रतिवेदनले देखाएको छ । स्थानीय तहहरुमा नीति र कार्यविधि विपरित खर्च बढेको भन्दै यस्तो कार्य रोक्दै बेरुजु रकम उठाउन पहल गर्न समेत सुझाव दिएइएको छ ।
यस्तै, जाजरकोटका स्थानीय तहको बेरुजु ४ लाख ४२ हजार भन्दा बढी देखिएको छ । सात वटा स्थानीय तहको बेरुजु ४ लाख ४२ हजार तीन देखिएको हो ।
शिवालय गाउँपालिकामा कुल १० लाख २३ हजार ६ सय ६० लेखा परिक्षण गर्दा ७२ हजार ९ सय २७ रकम बेरुजु देखिएको हो ।
छेगाडाड नगरपालिकामा १७ लाख ९७ हजार १४६ लेखापरिक्षण गर्दा १ लाख १ हजार १७४ रकम बेरुजु रहेको छ ।
नलगाड नगरपालिकामा १५ लाख १९ हजार ८ सय ७४ लेखापरिक्षण गर्दा ६६ हजार ६३ बेरुजु रहेको छ ।
यस्तै, जुनीचाँदे गाउँपालिकामा १३ लाख ७ हजार ६ सय ४४ कुल लेखापरिक्षण गर्दा ७४ हजार ८ सय ३ बेरुजु रहेको छ । अर्थात ५ दशमलव ७२ प्रतिशत देखिन्छ ।
भेरी नगरपालिकामा १८ लाख १५ हजार १ सय ६८ रकमको लेखापरिक्षण गर्दा ३८ हजार १ सय ९२ बेरुजु छ ।
कुशे गाउँपालिकामा ८ लाख ६१ हजार ५ सय ७९ कुल रकमको लेखा परिक्षण गर्दा ४० हजार ७ सय ७७ अर्थात ४ दशमलव ७३ प्रतिशत बेरुजु देखिएको छ ।