एमालेको मिसन ग्रासरुट अभियानः कर्णाली प्रदेशस्तरीय समीक्षा सुरु


सुर्खेत, ४ बैशाख ।
नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियानको कर्णाली प्रदेशस्तरीय समिक्षा बैठक आजदेखि प्रदेश राजधानी सुर्खेतमा सुरू भएको छ ।
एमाले कर्णाली प्रदेश संगठन कमिटीको संयोजन रहेको समिक्षा बैठक भोलीसम्म चल्ने छ । बैठकमा कर्णालीका दशवटै जिल्लामा खटिएका केन्द्रिय प्रतिनिधिहरू र जिल्ला अध्यक्षले रिपोर्टिङ गर्नेछन् । बैठकमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेवाङ, महासचिव शंकर पोख्रेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटि सदस्यहरु यामलाल कंडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेको उपस्थिति रहेको छ ।
केन्द्रीय र जिल्ला प्रतिनिधिहरुले रिपोर्टिङ गरिसकेपछि केन्द्रीय नेताहरुले आफ्नो धारणा राख्नेछन् । एमालेले संगठन सुदृढीकरणका लागि फागुन ५ गतेदेखि दुई महिने मिशन ग्रासरुट अभियान सञ्चालन गरेको थियो । अभियान अन्तर्गत केन्द्रीय सदस्यहरुलाई गाउँपालिका तथा नगरपालिकामा खटाएको थियो ।