अपांगतामा रहेका ब्यक्तिका स्याहारकर्ताहरुको कार्यशालाला सम्पन्न

सुर्खेत, ४ बैशाख।
अपांगतामा रहेका ब्यक्तिका घरको स्याहारकर्ता, साथीसंगी समुह सदस्य र पैरवी समुहका सदस्यहरु सहितको संयुक्त कार्यशाला गोष्ठि वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
मनोसामाजिक अपांगताका क्षेत्रमा क्रियाशिल कोशिश नेपालको आयोजनामा सोमबार गोष्ठि सम्पन्न भएको हो । अपांगता वा मनोसामािजक अबरोधमा रहेका परिवारका सदस्यलाई गुणस्तरीय स्याहार कसरी गर्ने, उनीहरुको मनको भावना कसरी बुझ्ने, उनीहरुको स्यााहार गर्दा आउन सक्ने चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । साथै सहभागिहरुलाई अपांगताभएका ब्यक्तिका अधिकार सम्बन्धी ऐन २०७७ र संयुक्त राष्ट्र संघबाट जारि गरिएको अपांगता महासन्धीले उल्लेख गरेका विभिन्न अधिकारका बारेमा पनि गोष्ठिमा जानकारी गराइएको थियो ।
यस कार्यक्रममा विभिन्न शारीरिक तथा सामाजिक अबरोध भोगिरहेका ब्यक्तिका स्याहारकर्ताका अनुभवहरु तथा सिकाईहरु आदान प्रदान गरिएको थियो । वीरेन्द्रनगर नयरपालिका महिला, बालबालिकातथा जेष्ठ नागरिक शाखा प्रमुख सरला रेग्मीको प्रमुख आतिथ्यता रहेको गोष्ठिको अध्यक्षता कोशिशद्धारा वीरेन्द्रगरमा संचालित समाहित परियोजना अधिकृत महेश प्रसाद भट्टराईले गर्नुभएको थियो । प्रमुख अतिथी रेग्मीले अपांगता वा मनोसामाजिक अपांगताका विषयमा नगरपालिका सधै सजग र चनाखो रहको बताउँदै अपांगता भएका ब्यक्तिका लागि नगरपालिकाबाट हुने कुनै पनि कार्यमा बिलम्ब नहुने प्रतिवद्धता ब्यक्तगर्नुभयो । गोष्ठिको सहजीकरण मनोसामाजिक परामर्शकर्ता नरेन्द्र विश्वकर्माले गुर्नभएको थियो भने कार्यक्रमको लक्ष्यउदेश्य प्रष्ट पार्दे परियोजना क्याम्पेनर मेलीना बि.सी र सिताचौधरीले सहभागिलाई स्वागतगर्नु भएको थियो ।