कर्णाली प्रदेश बाल क्लव सञ्जालका पदाधिकारीहरूलाई क्षमता विकास तालिम


सुर्खेत, ७ बैशाख ।
बाल क्लव सञ्जाल कर्णाली प्रदेशमा आवद्ध बालबालिकाहरुको लागि क्षमता विकास तालिम बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
बाल अधिकारकार लागि साझा अभियान कर्णाली प्रदेश, साथी संस्था र निल हिरा सामाजको संयुक्त साझेदारीतामा चार दिने तालिम सुरु भएको हो । बालबालिकाको एजेन्सीको रुपमा कर्णाली प्रदेशमा गठित यस प्रदेश बाल क्लव सञ्जालमा आबद्ध पदाधिकारीहरुको लागि, बालअधिकार, पैरवी, अभियान र वकालत तथा लैगिंक समानता तथा सामाजिक समावेशीकरण, अन्र्तवर्गीयता, यौनिक तथा लैगिंक अल्पसंख्यक, अपांगता, जलवायू परिर्वतन र वातावरण संरक्षणको सवालमा क्षमता विकास गर्ने आयोजक संस्था सिसिआर कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्यले बताउनुभयो ।
कार्यक्रमको उदघाटन सत्रमा सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख अनिता ज्ञावलीले कर्णाली प्रदेश सरकार बालअधिकारको पक्षमा र बालबालिकाको सवालहरुलाई उचित सम्बोधन गर्ने पक्षमा रहेको बताउनुभयो । त्यसका लागि केही बाँकी कामहरु समेत अघि बढाइएको ज्ञवालीको भनाइ छ । कार्यक्रममा शुभकामना मतव्य राख्दै किर्डाक नेपालका अध्यक्ष सम्झाना मल्लले बालबालिकाको अधिकारका लागि प्रदेश स्तरमा बाल क्लव संञ्जाल गठन हुनु र सक्रिय रहनुले बालबालिकाको क्षेत्रमा केही आशा देखियतापनि बजेट विनियोजन देखि अन्य नीतिगत कुराहरु थप सशक्त हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा १० जिल्लाका २१ जना बाल क्लव प्रतिनिधि र उनीहरुको अभिभावकको उपस्थिती रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बालबालिकाहरु ३६.२५ प्रतिशत रहेको सन्दर्भमा बालबालिका विभिन्न सवालहरुमाथी उनीहरुकै नेतृत्वमा कर्णाली प्रथामिकीकरण गरि उचित सम्बोधनका लागि कर्णाली प्रदेशका मुख्य मन्त्री समेक्ष ध्यानाकषण गर्ने समेत कार्यक्रमरहेको कुरा आयोजकले जनाएको छ । तालिमको सहजीकरण, सिसिआर कर्णाली प्रदेश, साथी संस्था र निल हिरा समाजका कर्मचारीहरुले गरेका छन् ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत र बाल अधिकारका लागि साझा अभियान सुर्खेत, सेभ द चिल्डे«न, यूनिसेफ, प्लान इन्टरनेशनल, केयर नेपाल र कोपिला भ्याली सेवा समाजको संयुक्त साझेदारीतामा सन् २०२२ डिसेम्वरमा प्रथम कर्णाली प्रदेश बाल भेलाको आयोजना गरि २१ सदस्यीय प्रदेश बाल क्लव नेटवर्कको कार्यसमिति गठन गरिएको थियो ।