कर्णाली संसदः विधेयक पारितदेखि सामुहिक बलात्कारप्रति सरकारको ध्यानाकर्षणसम्म

सुर्खेत, २२ असार (जागरण) । कर्णाली प्रदेशका गाउँ तथा नगरपालिकालाई कानुन निर्माण गर्नका लागि सहज बाटो खुलेको छ ।
आज बसेको संसद वैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पेश गर्नुभएको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएपछि अब कानुन निर्माण गर्ने बाटो खुलेको हो ।
यो विधेयक पारित भएसँगै अब काम गर्ने समयमा कानुनको अभावमा अलमलमा परेका जनप्रतिनिधीलाई सहज हुनेछ ।
यस्तै, आज नै प्रदेश सभाले मुख्यन्याधियवक्ताको काम कर्तव्य र सेवासुविधा सम्बन्धि बनेको विधेयक पनि पारित गरेको छ ।
यसैबिच, आजको संसद बैठकमा सुर्खेतको बराहताल गाउँपालिकामा एक किशोरीमाथि भएको सामुहिक बलात्कारको विषयमा साँसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद पदमा खड्काले महिनावारी भएकै कारण बलात्कृत भएको घटनाले यहाँ महिलाहरु सुरक्षित महसुस नभएको बताउनुभयो ।
उहाँले छाउगोठ हटाउने कार्यक्रमलाई शसक्त रुपमा प्रदेश सरकारले ल्याउनुपर्ने बताउनुभयो । साथै किशोरीको उपचार खर्चमा सरकार गम्भिर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।