चितवन–२ मा अग्रता बढाउँदै रवि लामिछाने

काठमाण्डौ । प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले अग्रता बढाउँदै लानुभएको छ ।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले तीन हजार छ सय दुई मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा एमालेका न्यौपानेले दुई हजार ८२ मत प्राप्त गर्नुभएको छ । लामिछाने र न्यौपानेबीच एक हजार पाँच सय २० मतको अन्तर रहेको छ ।
यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार चार सय ९४ मत प्राप्त गर्नुभएको छ ।