कर्णालीमा बढ्दै लागूऔषध दूव्र्यसनी, तीन बर्षमा ४ सय ५० जना पक्राउ

सुर्खेत, १६ ।

पछिल्लो समय कर्णाली प्रदेशमा लागु पदार्थ दुव्र्यसनीको दर बढेको पाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गत तिन आर्थिक बर्षको तथ्याङ्कलाई केलाउँदा दुव्र्यसनीको दर बढेको देखिएको हो । तीन आर्थिक बर्षमा दुई सय ४७ वटा लागु पदार्थ दुव्र्यसन तथा ओसारपसारको मुद्धा दर्ता भएका छन् ।
प्रदेशमा आर्थिक बर्ष २०७७÷०७८ मा प्रदेशभर ७० वटा, आर्थिक बर्ष २०७८÷०७९ मा यो संख्या बढेर ९५ वटा र यो चालु आर्थिक बर्षको २०७९÷०८० को हालसम्म ८२ वटा लागु पदार्थ दुव्र्यसन तथा ओसारपसारका मुद्धा दर्ता भएका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जेसी शाहले बताउनुभयो । आर्थिक बर्ष सकिन अझै साढे दुई महिना बाँकी भएकाले यो संख्या बढ्ने देखिन्छ ।
तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा हुम्ला बाहेक कर्णालीका अन्य ९ वटा जिल्लामा लागु औषधको ओसारपसार, प्रयोग र बिक्रि वितरण बढ्दो छ । जसमा सुर्खेतमा एक सय ८२, जुम्लामा १८, मुगुमा १७, दैलेखमा ८, जाजरकोटमा ७, कालिकोटमा ६, रुकुम पश्चिम ५ र डोल्पा एक वटा मुद्दा प्रहरीमा दर्ता भएका छन ।
उक्त घटनामा चार सय ५० जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक जेसी शाहले बताउनुभयो । जसमा जना चार सय १७ पुरुष र ३४ जना महिला संलग्न रहेको छन् ।
प्रहरीले २०७९÷०८० को हालसम्म एक सय ८३ ग्राम ५ सय ८ मिलिग्राम ब्राउन सुगर, १ सय ६१ ग्राम ५ सय ३७ मिलिग्राम चरेश, ७ सय ६२ ग्राम गाँजा, ट्याव्लेट २ सय ५० लागु औषध नियन्त्रणमा लिएको छ ।
प्रहरी नायव उपरिक्षक जेसी शाहले बर्षेनी लागु औषध दुव्यर्सन युवा पुस्तामा बढेको भन्दै नियन्त्रण गर्नका लागि सवैको आवश्यक रहेको बताउनुभयो । उहाँले सचेतनाको अभाव रहेको भन्दै स्कुल तहदेखि नै लागु औषध नियन्त्रण सम्बन्धि सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।