आज मेघ गर्जनसहित बर्षाको संभावना, यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

सुर्खेत, १७ बैशाख ।
देशका सबैजसो ठाँउँमा मौसम बदली भएर हिजोदेखि धेरैजसो पहाडी क्षेत्रमा सामान्य वर्षा भएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशमा धेरैजसो ठाउँमा बदली र वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिनुभयो ।
यस्तै आज पनि मौसम बदली र वर्षा अझै धेरै हुने महाशाखाको पूर्वानुमान् छ । देशका सबैजसो ठाउँमा बदली भएर धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।
आज देशका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन÷चट्याङ्ग, हावा–हुरीबाट हुन सक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाे मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनकाे माैसम पूर्वानुमान यसप्रकार छ :

२०८० वैशाख १७ गते (आइतबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

रातीː   देशभर आंशिक देखि सामान्य बदली रहने छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

२०८० वैशाख १८ गते (सोमबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

रातीː   देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

२०८० वैशाख १९ गते (मंगलबार)

दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

रातीː   कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू- एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours)

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।