सुर्खेत, २२ बैशाख ।
सुर्खेतमा जारी नेपाल युरोपियन युनियन फिल्म महोत्सव आज सकिने भएको छ ।
द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको आयोजनामा अस्तिदेखि मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको कुइनेपानी स्थित सभाहलमा सुरु भएको फिल्म फेस्टिभल आज समापन हुन लागेको हो ।
फेस्टीभलको यसपालिको संस्करणको मुल बिषयवस्तु ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने रहेको छ । आज अन्तिम दिन पनि विहान ११ बजे दिउसो १:२५ बजे र ३:४० बजे गरी तीन सत्रमा छुट्टा छुट्टै चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
पहिलाे सत्रमा नेपाली लघु चलचित्र र इनभिजिवल दाेस्राे सत्रमा देखि नेपाली लघु चलचित्र लिभिङ वीथ डिगनीटी र मित्रा र समापन सत्रमा ३:४० देखि एनिडे नाउ चलचित्र देखाइनेछ । चलचित्र हेर्नका लागि सबैलाई निशुल्क प्रवेशको व्यवस्था रहेको आयाेजकले बताएकाे छ । ह्यामी रामेजनद्धारा निर्देशित ‘एनी डे नाउ’ भन्ने चलचित्रको प्रदर्शनीबाट सुरु भएकोमा समापनि सोही चलचित्रदेखाएर हुने जनाइएको छ । यस फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको छ । जुन समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो ।
बैशाख १५ देखि १७ सम्म सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय महेन्द्रनगरबाट सुरुभएको यस संस्करणको अन्तिम प्रर्दशनी काठमाडौंको चावहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा बैसाख २९ देखि जेठ १ सम्म आयोजना हुनेछ ।