अनशनरत विद्यार्थी आईसीयूमा, विश्वविद्यालय प्रशासन भने मौन

सुर्खेत, २२ असार (जागरण) । आमरण अनसनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत ईन्जिनियरिङ्ग संकायका विद्यार्थीकहरुको अवस्था नाजुक बन्दै गएको छ ।
गत बुधबारदेखी अनशनरत विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि देउती नर्सिङ्ग होममा आइसियूमा राखेर उपचार थालिएको हो ।
अनशनमा बसेका रोशन बस्नेतको अवस्था गम्भीर बनेपछि आइसीयूमा राखेर उपचार भइरहेको छ । आइसियूमा भर्ना भएका बस्नेतको अवस्था अहिले सामान्य बन्दै गएको छ ।
तर विश्वविद्यालयको परिसरमा आमरण अनशनमा बसेका विद्यार्थी रत्न शर्माको अवस्था गम्भीर रहेको देउती अस्पताल प्रालिका डाक्टर महेशकुमार खनालले जानकारी दिनुभयो ।
विद्यार्थीहरु इन्जिनियरिङ संकायलाई पुर्ण स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायतका मागहरु राखेर गत बुधबारदेखि अनशन बसेका हुुन् ।
विश्वविद्यालय प्रशासनले आफ्ना मागहरु वेस्वास्ता गरेको उनीहरुले आरोप लगाएका छन् । विद्यार्थीहरु रोशन बस्नेत, मिलन विसी र रत्नकुमार शर्मा अनसनमा बसेका हुन् ।
विद्यार्थीहरुले हिजो देखी विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्द गर्नुका साथै केन्दीय प्रशासन कार्यालयमा समेत अनिश्चितकालका लागी ताला बन्दी गरेका छन् ।
यसैबिच, अनसनरत विद्यार्थिको स्वास्थ्य अबस्था विग्रदै गएको प्रति सुर्खेतस्थित विभिन्न मानबअधिकारबादी संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उच्च अदालत वार एसोसियशन, जिल्ला अदालत वार एशोसियसन, मानव अधिकार संगठन तथा इन्सेक सुर्खेतले आज एक संयुक्त पे्रस विज्ञप्ती मार्फत संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन् ।
शैक्षिक माग राखी अनसनमा बसेका विद्यार्थिको स्वास्थ्य अबस्थाप्रति ध्यान दिई क्याम्पस प्रसाशनले सम्भावित परिणामलाई तत्काल रोक्न संगठनले आह्वान गरेको छ ।
यथासिघ्र बार्ता र संम्बादका माध्यमबाट विद्यार्थिको जिवन रक्षाको लागी विश्वविद्यालय प्रशासन सम्वेदनशिल हुन अपिल पनि गरेको छ । 

विश्वविद्यालय प्रशासनले आमरण अनशन बसेको ३ दिन हुँदा पनि कुनै प्रतिक्रिया दिएको छैन । मागको बारेमा अहिलेसम्म विश्वविद्यालयले केही प्रतिक्रिया नदिएको बताएका अनशनरत विद्यार्थी मिलन बिसीले पैसामाथि त विश्वविद्यालयले खेल्यो खेल्यो, आफूहरुको ज्यानमाथि पनि खेल्ने षड्यन्त्र गरिरहेको दुखेसो पोख्नुभयो ।
इन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीका माग पूरा नहुञ्जेल आमरण अनशन बसिरहने उनीहरुको भनाई छ । आइसीयूमा उपचारार्थ विद्यार्थी बस्नेतले ज्यान गएपनि माग पूरा नभएसम्म आमरण अनशन नरोक्ने चेतावनी दिनुभयो । हाम्रा लागि आन्दोलन नगरेको बताउनुएका बस्नेतले विश्वविद्यालयको बेथिति हटाएर क्षमतावान जनशक्ति उत्पादन होस् भन्ने चाहनानुसार अनशनमा बसेको उल्लेख गर्नुभयो ।
यस विषयमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइराला र रजिष्ट्रार डाक्टर महेन्द्र मल्ललाई पटकपटक बुझ्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन । विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका डिन डाक्टर गोविन्द लामिछानेले आफ्नो तहबाट वार्ताका लागि पहली प्रयास गरेपनि असफल भएको जानकारी दिनुभयो । लामिछानेकै संयोजकत्वमा वार्ता समिति समेत गठन गरिएको थियो ।
तर विद्यार्थीहरुले विश्वविदालयका भिसी, रजिष्ट्रार, इन्जिनियरिङ्ग संकायका डिन र क्याम्पस प्रमुखसंग मात्रै वार्ता बस्ने अडान दोहो¥याएका थिए । डिन लामिछानेले वार्ताका लागि कुनै भिसी र रजिष्ट्रारबाट थप जानकारी नआएको जानकारी दिनुभयो ।