योजनामा बिचौलियाको पहुँच अन्त्य गर्छु ः मन्त्री सिंह


सुर्खेत, २ जेठ ।
कर्णालीका आर्थिक मामिलामन्त्री बेदराज सिंहले योजना तथा बजेटमा विचौलियाको पहुँचको अन्त्य गर्ने जिकिर गर्नुभएको छ ।
सोमबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ल्याउने बजेटका विषय सुझाव संकलन गर्न मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री सिंहले बिचौलिया विरुद्ध कठोर बनेर उत्पादनमुखी बजेट ल्याउने जिकिर गर्नुभएको हो ।
उहाँले आगामी आर्थिक बर्षको बजेटमा उत्पादन, औधोगिकरण र पर्यटन सम्बन्धी योजनाहरुलाई प्राथमिकता दिने बताउनुभयो । अहिलेको आर्थिक मन्दीका बाबजुत आउने बजेट जनताको भावना र आवश्यकता केन्द्रीत हुने बताउनुभयो । जनताका न्यूनतम आवश्यक्ता र वडातहबाट छनोट भई आएको योजनाहरूलाई प्राथमिकता दिने मन्त्री सिंहले बताउनुभयो । उहाँले विकास निर्माणका योजनामा कम्तिमा पनि पालिका, निर्वाचन क्षेत्रर जिल्लालाई समेट्ने योजना बनाउने तथा टुक्रे योजना छनौट नगर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।