सुर्खेत, १४ जेठ ।
सडक दुर्घटनामा मृत्यु भएका हुम्लाका अकबिर खड्काका आफन्तहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।
शनिबार राति ११ बजे तिनकुने चौकबाट मंगलगढीचौक तर्फ जाँँँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०५७३ नम्वरको जिपमा सोहि दिशाबाट जाँँदै गरेको कर्णाली प्रदेश ०२००२ प ७८७४ नम्वर को मोटरसाईल ठोकिदा हुम्लाको ताजाकोट गउँपालिका १ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ बस्ने खड्काको मृत्यु भएको थियो । सोही विषयलाई लिएर मृतकका आफन्तहरुले बसपार्क, तीनकुने लगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले एयरपोर्टचोकमा रहेको प्रहरी बिट तोडफोड गरेका छन् । बेलाबेला सडक अबरुद्ध गर्ने र प्रहरीले तितरवितर पारी अबरोध खुलाउने क्रम चलिरहेको छ । अहिले यातायात अबरोध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो ।
