मदन भण्डारी फाउण्डेशन कर्णालीमा पुन: शर्मा

सुर्खेत २५ जेठ ।
मदन भण्डारी फाउन्डेसन कर्णाली प्रदेशकाे अध्यक्षमा पुन रबिन्द्रराज शर्मा चयन हुनुभएकाे छ । बिहीबार आयाेजना गरिएकाे प्रदेश भेलाले शर्माकाे अध्यक्षतामा कर्णाली प्रदेश समिति चयन  गरेकाे हाे ।
कार्यसमितिको सचिवमा कुलमणि देवकोटा, कोषाध्यक्षमा घनश्याम पाण्डे र सदस्यहरुमा दक्षिणा शाही, कलबहादुर हमाल, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, तेजबहादुर चन्द, दानसिंह परियार, भिमबहादुर सेन, नारायणी चौलागाईं, करबिर चदरा र मनबिर घर्ती सर्वसम्मत चयन भएका छन् ।
नवगठित कमिटीको पहिला बैठकले आगामी असार १० गतेसम्म दस वटै जिल्ला कमिटीलाई सम्मेलन सम्पन्न गर्न निर्देशन दिएकाे छ । यस्तै असार १४ गते जननेता मदनकुमार भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिचारधारात्मक कार्यक्रम गर्ने निर्णय गरेकोछ भने जिल्ला कमिटिहरुलाई पनि  सिर्जनात्मक रुपमा मनाउन निर्देशन दिएकाे छ । भेला फाउन्डेसनका केन्द्रीय सदस्य नन्दबहादुर सिंहकाे प्रमुख आतिथ्यता तथा अर्का केन्द्रिय सदस्य टीका बिष्टको उपस्थितिमा सम्पन्न भएकाे थियाे ।