सिम्ता गाउँपालिकाकाे बजेट ५८ कराेड

सुर्खेत ११ असार ।
सुर्खेतकाे सिम्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि  ५८ कराेड १७ लाख ७० हजार ३५० बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । १३ आैँ गाउँसभामा आइतबार उपाध्यक्ष गाेमा शर्मा रेग्मीले चालु तर्फ ३९ कराेड ७२ लाख ४ हजार ३५० र पुँजिगततर्फ  १८ कराेड ४५ लाख ६६ हजार बजेट प्रस्तुत गर्नुभएकाे हाे । गौरवका आयोजनाहरुका रुपमा शहिद ऋषि स्मृति चक्रपथमा र शहिद ईन्द्र विसि द्रुतमार्गमा २ /२ करोड बिनियाेजन गरिएकाे छ । गाउँसभामा अध्यक्ष ऐनबहादुर चन्दले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  वृहत फलफुलखेति कार्यक्रम र सुलभ स्वास्थ्य सेवा, जलवायु परिवर्तन, एक घर, एक धारा, सबै खेतियोग्य जमिनमा सिंचाईको व्यवस्था, एक गाँउ एक उत्पादन, सिम्ता उज्यालो कार्यक्रम एकिकृत वस्ति विकास, लैंङ्गिक समतामुलक लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएकाे बताउनुभयाे ।
 प्रस्तुत गरिएकाे नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्नका लागि आउदाे आइतबार गाउँसभाकाे अर्काे बैठक बस्ने कार्यतालिका रहेकाे सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत भलाराम प‌गालीले जानकारी दिनुभयाे ।