नेपालकी राष्ट्रपतिलाई चीनको बधाई

काठमाण्डौँ, १ चैत (जागरण) । विद्यादेवि भण्डारीलाई चीनका राष्ट्रपतिले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना सन्देश पठाउनुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत यू होङले आज शीतल निवास पुगी राष्ट्रपति सी जिनपिङले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रपति सी जिनपिङको शुभकामना सन्देश दिएर शीलत निवास पुगेकी राजदूत होङ र राष्ट्रपति भण्डारीबीच दुई देशबीचको सुमधुर सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउन आपसी हित प्रबर्धन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा नेपाल सरकारका उच्च अधिकारीहरु तथा चिनियाँ दूतावासका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।