अनशनकाे चार दिनः विद्यार्थी अाईसीयूमा, विश्वविद्यालय प्रशासन अँझै माैन

सुर्खेत, २३ असार (जागरण) । विभिन्न शैक्षिक माग राख्दै आमरण अनशन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको माग पुरा गर्न विश्वविद्यालय प्रशासन गम्भीर नदेखिएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् ।
गत बुधबारदेखि अनशनरत ईन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुको स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि विश्वविद्यालय प्रशासनले माग पुरा गर्नै छाँटकाँट नदेखाएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका हुन् । विद्यार्थीहरुले तल्लो तहका कर्मचारीसँग नभई पदाधिकारीसँग नै वार्ता गर्न खोजिरहेका छन् ।
ईन्जिनियरिङ्ग संकायका विद्यार्थी निकुञ्ज पाण्डेले आफूहरु पटक पटक वार्ताका लागि विश्वविद्यालय प्रशासनसमक्ष पुग्दा पनि वास्ता नगरिएको गुनासो गर्नुभयो । आन्दोलनमा उत्रिएको यति लामो समयसम्म पनि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले वार्ता गर्न नचाहेको बताउनुभयो ।
विश्वविद्यालय प्रशासनले आज विद्यार्थीलाई प्रतिवद्धतासहितको पत्र भने पठाएको छ तर उक्त पत्रमा लेखिएबमोजिम आफूहरुको माग पुरा नहुने विद्यार्थी निकुञ्जको भनाई छ । विश्वविद्यालयमा राजनितिक भागवण्डाका कारण नयाँ शिक्षक नियुक्तिमा पनि ढिलाई हुने गरेको उहाँले बताउनुभयो ।
आफ्नो संकायलाई व्यवस्थित बनाउन भन्दै फरक फरक प्रकृतिका आन्दोलनमा उत्रिएका विद्यार्थीहरु अहिले आमरण अनशन बसेका छन् ।

विश्वविद्यालय परिसरमा अनशनरत मिलन बिसी

अनशन बसेका तीन जना विद्यार्थीमध्ये दुई जनालाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयुमा भर्ना गरिएको छ भने एक जना विश्वविद्यालय परिसरमै अनशनरत छन् । विद्यार्थीहरु रत्नकुमार शर्मा, मिलन बिसी र रोशन बस्नेत आमरण अनशनमा छन् । रत्नकुमारलाई क्षेत्रीय हस्पिटल सुर्खेत र रोशनलाई देउती अस्पतालको आईसीयुमा राखेर उपचार भईरहेको छ ।

अाईसीयुमा उपचाररत राेशन बस्नेत

उपचाररत रत्नकुमार शर्मा

उनीहरुले इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पुर्ण प्रयोगात्मक कक्षाहरु पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पुर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, लाइब्रेरीमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवस्था गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्था गर्नुपर्ने मागहरु राखेर आन्दोलन गरिरहेका छन् ।
यसैबिच, आन्दोलनरत विद्यार्थीहरुलाई वार्ताका लागि बोलाएपनि पदाधिकारी नआएपछि आक्रोसित बनेका विद्यार्थीहरुले विश्वविद्यालय परिसरमा आज नाराजुलुस गरेका छन् ।
नाराजुलुसमा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढि विद्यार्थीहरु घाइते भएका छन् । विश्व विद्यालय परिसरमा हतियार सहित पगेका प्रहरीले विद्यार्थी माथि लाठि प्रहार गरेका छन् । विश्वविद्यालय परिसरमा छिरेका प्रहरी र विद्यार्थीवीच झडप भएको छ । शान्तिपुण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दालनरत विद्यार्थीहरु आक्रोसित बनेका छन् ।

यसैबिच, विश्वविद्यालय प्रशासनले भने विद्यार्थीहरुको माग पुरा गरिदिने भन्दै प्रतिवद्धतासहितको पत्र पठाएको छ । माग पुरा गर्नका लागि विश्वविद्यालयले हदैसम्मको प्रयास गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ । हेर्नुस् प्रतिवद्धता पत्र–
यस्तै, आज विद्यार्थीहरुका मागका विषयमा छलफल गर्न उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोईराला र रजिष्ट्रार डाक्टर महेन्द्र मल्लको उपस्थितिमा वैठक पनि बसेको छ । वैठकले विद्यार्थीको माग पुरा गर्ने निर्णय गरेको छ । यस्ता छन् निर्णयहरुः