सुर्खेत उपत्यकामा भोली सम्म खानेपानी आउने

सुर्खेत ,१८ असार । गएको असार १३ गते देखी सुर्खेत उपत्यकामा खानेपानीको समस्या भएको छ । असार १२ गते आएको पहिरोका कारण वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १३ मा पर्ने भञ्ज्याङ भन्ने स्थानमा सुर्खेत उपत्यका खानेपानीको ३०० एमएमको मुख्य जिआई पाईपलाईन् पहिरोले बगाए पछी खानेपानीको सम्स्या भएको थियो ।
पाईपलाईन बगाएपछी असार १३ गते देखीनै मर्मत कार्य भईरहेको र भोली सम्म मर्मत कार्य सकिने सुर्खेत उपत्यका खानेपानी संस्थाका ईन्जिनियर बालाराम तिवारिले जानकारी दिए ।