कर्णालीमा ६० प्रतिशत धान रोपाई सम्पन्न


सुर्खेत,२५ असार । कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाई भएको छ ।
कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुसभयो ।
उहाँका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाई भएको छ । दैलेखमा भने अहिलेसम्म आधा रोपाई पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाई भएको हो ।
यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाई हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाई भएको छ । कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिनुभएको छ ।