कर्णाली प्रदेशमा डेंगुका संक्रमितहरु बढ्दै

जागरण, १० साउन । कर्णाली प्रदेशमा डेंगुका संक्रमितहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा प्रदेशमा एक हजार ६ सय ९५ जना डेंगुका सक्रिय बिरामी रहेका पाइएको छ । प्रदेश स्वास्थ सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार पछिल्ला दिनमा डेंगुका बिरामी बढ्दै गएको जनाएको छ ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै डेंगुबाट संक्रमित सुर्खेतमा भएका छन् । सुर्खेतमा मात्रै एक ५ सय ५३ जना डेंगुबाट संक्रमित छन् भने जाजरकोट २६, सल्यानमा १३ जना जुम्लामा २२ जना, कालिकोटमा ५ जना र दैलेखमा १ जना संक्रमित छन् ।
त्यस्तै, रूकुम पश्चिममा ६२ जना, डोल्पामा ११ जना हुम्ला र मुगुमा एक÷एक जना संक्रमित रहेको स्वास्थ सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताउनुभयो । यो आर्थिक वर्ष २०८० ÷०८१ मा मात्रै कालिकोट र जुम्लामा एक ÷एक जना डेंगुका नयाँ विरामी फेलापरेका छन् ।
उहाँका अनूसार डेंगु रोग पोथी मच्छरको टोकाइबाट सर्ने रोग हो । संक्रमितलाई टोकेको मच्छरले अन्य व्यक्तिलाई टोकेमा डेंगु रोग फैलिने गर्छन् । प्रदेश स्वास्थ सेवा निर्देशनालयले डेंगी मच्छर नियन्त्रणका लागि झुलभित्र सुत्न आग्रह गरेको छ ।
सूचना अधिकारी पदम केसीले लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरपर वा पानी जम्ने ठाउँहरु गमला, खाली बट्टा, खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानि जम्न नदिन नागरिकले बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउन आग्रह गर्नुभभएको छ ।