प्रचण्ड र ओलीबीच भेटवार्ता ः सुन तस्करीको अनुसन्धानदेखि संवैधानिक परिषद् बैठक बोलाउनेसम्मको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग सरकारको कार्यशैलीप्रति प्रश्नसमेत गरेका छन्। उनले सरकारका मन्त्रीले नै प्रमुख प्रतिपक्ष दललाई लान्छाना लगाउने कार्य गरेकाले निष्पक्ष रुपमा छानबीन गरी दोषीलाई कारबाही गर्न माग गरेको बालकोट स्रोतले जनाएको छ ।
१०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार संसद बैठकमा अवरोध गरेको थियो। बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए । तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए। प्रतिनिधि सभाको बैठक मंगलबार दिँउसो बस्ने गरी बोलाइएको छ ।