कोशिशको १५ औं बार्षिक उत्सव सम्पन्न


सुर्खेत, १९ साउन ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन कोसिशको १५ औं बार्षिक उत्सबभब्य रुपमा सम्पन्न भएको छ ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपांगताको क्षेत्रमा राष्ट्रिय स्तरमै सधै अग्र स्थानमा रहि कामगर्दे आएको यो संस्थाहाल पाँच बटा प्रदेशमा आफ्ना कार्यालयहरु स्थापना गरि विभिन्न दातृ निकायहरुको सहयोगमा विविध क्रियाकलापहरु संचालन गरिरहेको छ । कोशिशका अध्यक्ष शुभराम अछामीको अध्यक्षतामा सम्पन्न उक्त बार्षिक उत्वमा संस्थाका कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटा लगायत देशभरी छरिएर रहेका कोशिश दश वटा कार्यलयमा कार्यरत करिव ९० भन्दाकर्मचारीहरु अनलाईन मार्फत जोडिएर शुभकामना आदान प्रदान, सिकाई आदान प्रदान, आफ्ना कला प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यकारी निर्देशक देवकोटाले आफ्ना भनाई राख्दै एउटा सानो आकार र सदस्यको रुपमा स्थापना गरिएको कोशिशको पन्ध्र वर्षको खुशियायाली बाड्न पाउदा आफू निकै खुसी लागेको बताउनुभयो ।साथै उहाँले कोशिशको सिंगो टिमको सक्रिय सहभागिता र उर्जाशिल मेहनेतले आफुलाई तथ हौषला मिल्नुका साथै आगामी दिनमा मनोसामाजिक अपांगताका क्षेत्रमा क्रियाकलापहरु विस्तार गर्दै जाने बताउनुभयो ।
कोशिशले वीरेन्द्रनगरमा पनि गतबर्षबाट स्थानीय सरकारसंग समन्वय तथा सहकार्य गरि समाहित परियोजना संचालन गरिरहेको छ ।