सुर्खेतमा ५० औँ भू–संरक्षण दिवस मनाईयो


सुर्खेत, २४ साउन ।
“जलवायु अनुकूलनको आधार, व्यवस्थित एकीकृत जलाधार” भन्ने मुलनाराका साथ सुर्खेतमा पनि ५० औँ भूसंरक्षण दिवस मनाइएको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय, सुर्खेतको आयोजना तथा तपोभूमि धार्मिक वन संस्थाको समन्वय तथा व्यवस्थापनमा तपोमूमिधार्मिक वन परिसर कटकुवामा आज बृक्षारोपणगरी दिवस मनाइएको हो । कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालय, सुर्खेतका कार्यालय प्रमुख शिखर चपाईको अध्यक्षता तथा उद्योग, पर्यटन, वन तथा वातावर मन्त्री कृष्ण कुमार बि.सी. को प्रमुख अतिथ्यता, मन्त्रालयका सचिव डा. बिनोद प्रसाद देवकोटाको विशेष अतिथ्यता, प्रदेश वन निर्देशक ललित कर्ण, डिभिजनल वन अधिकृत मुनबहादुर रावत, वडा नम्वर ७ का अध्यक्ष, तपोभूमि धार्मिक वन संस्थाका अध्यक्ष, उपाध्यक्ष, लगायत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, सुर्खेतका कर्मचारीहरु र योगी नरहरिनाथ अध्ययनत अनुसन्धान शिक्षालयका विद्यार्थीहरु गरी करिब ६० जनाको उपस्थिति रहेको भू संरक्षण अधिकृत दिपेश केसीले जानकारी दिनुभयो ।