स्याक नेपालको २८ औँ साधारणसभा सम्पन्न

स्याकबाट अरुले सिक्नुपर्छ – मन्त्री जि.सी.
समाज जागरण केन्द्र स्याक नेपालको २९ औँ स्थापना दिवस तथा २८ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको केन्द्रीय कार्यालय वीरेन्द्रनगर १२ स्थित सभाहलमा सोमबार स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जि.सीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा शुभकामना दिँदै मन्त्री जिसीले स्याक नेपालबाट संस्थागत सुशासन, पारदर्शीता, सामाजिक परिचालयन लगायतका विषयमा अरुले पनि सिक्नुपर्ने बताउनुभयो । मूलुक द्वन्द्वमा रहेका बेला स्थापना भएको स्याक आफ्ना नीति, नियम, प्रतिबद्ध टिम र प्रभावकारी कार्यशैलीले नै २९ औँ बर्षसम्म बलियो संस्थाका रुपमा स्थापित भएको भन्दै मन्त्री जिसीले संस्थाको प्रशंसा गर्नुभयो । उहाँले प्रदेश सरकारले लिएका रणनीतिक योजना र लक्ष्य प्राप्तिका लागि गैरसरकारी संस्थाहरुको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।
संस्थाका संस्थापक सदस्य समेत रहनुभएका सल्लाहकार पूर्णप्रसाद पौडेलले पछाडी परेको वर्ग समुदायमा जागरण ल्याउने मूल उद्देश्यले स्थापना गरिएको भएपनि स्याकले सशक्तिकरण, क्षमता अभिबृद्धि, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, पछाडी पारिएका समुदायको अधिकारको पैरवी लगायतका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । अझैपनि समाजमा छाउपडी छुवाछुत, विभेद लगायत गलत अभ्यासहरु निर्मूल भइनसकेको भन्दै समाजको चेतनाको जग उठाउन अविचलित भई लाग्ने संस्थाको प्रण रहेको बताउनुभयो ।
साझेदार संस्थाहरुको तर्फबाट भनाई राख्दै हेल्भटास नेपालका प्रतिनिधि मदन भट्टले स्याकले कर्णालीमा अब्बल गैरसरकारी संस्थाका रुपमा काम गरिरहेको बताउनुभयो । स्वतन्त्र रुपमा गरिएको एक सर्वेक्षणमा स्याक नेपाल आफूहरुले काम गरिरहेका साझेदार संस्थाहरु मध्य सुशासनका हिसाबले उत्कृष्ठ संस्था रहेको भट्टले बताउनुभयो ।


गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले समाज रुपान्तरणमा स्याक नेपालले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले स्याक नेपालले समाजको जागरणमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । संस्थाका अध्यक्ष मिना तिवारी शर्माले महिला बालबालिका र किशोर किशोरीहरुको गुणस्तरय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने मूल ध्येयका साथ स्याकको स्थापना भएको बताउँदै संस्था अविचलित यात्रामा अनवरत रुपमा अघि बढिरहेको बताउनुभयो ।
स्थापना दिवसका अवसरमा संस्थाले आफूले गठन गरेका समूह, कर्मचारी र साझेदारहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । समूह तर्फ २०५७ सालमा स्थापना भई महिलाहरुको सशक्तिकरणमा गरेको योगदानको कदर गर्दै सक्षम महिला सामुदायिक विकास बैंक वीरेन्द्रनगरलाई सम्मान गरेको छ भने साझेदारहरुबाट हेल्भटास नेपाललाई सम्मान गरेको छ ।
कार्यलयमा रहेर काम गर्ने कर्मचारीहरुमध्यबाट कार्यालय सहयोगी सूर्यकुमारी तिवारी र फिल्डमा कार्यरत डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिकामा कार्यरत कार्मा ढुन्डुङ गुरुङलाई पुरस्कृत गरेको छ । यस्तै संस्थामा विशेष योगदान पु¥याएवापत कार्यालय सहयोगी मेघनाथ आचार्य र परियोजना संयोजक तेज सोनामलाई पुरस्कृत गरेको छ ।


स्याक नेपालले महिला, बालबालिका र किशोरकिशोरीहरुलाई केन्द्रमा राखेर त्यसमध्ये दलित, जनजाती, सिमान्त वर्ग, एचआइभी संक्रमित, अपाङ्गता भएका व्यक्तिहरु, एकल महिला, घरमूली भएका महिला, दूर्गम, धार्मिक अल्पसंख्यक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा विभिन्न जोखिममा रहेका समुदायको सशक्तिकरण र विकासका लागि संस्थाले आफ्नो कार्य गर्दै आइरहेका छ ।
यस संस्थाले नेपालका सबै तहका सरकार, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृसंस्था, संयुक्त राष्ट्र संघीय संस्थाहरु, विभिन्न सञ्जाल एवम् व्यक्तिगत सहयोगीहरुसंगको सहयोग, सहकार्य एवम् समन्वयमा विभिन्न पछाडि पारिएका समुदायहरुमा कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ ।
गत आर्थिक बर्ष २०७९।०८० मा सुर्खेत जिल्ला दैलेख कालिकोट, जुम्ला, मुगु,सल्यान, डोल्पा र बैंतडी जिल्लामा गरी जम्मा २ वटा प्रदेश, ८ वटा जिल्ला र ३२ वटा स्थानीय तहहरुमा कार्यक्रम कार्यान्वयन गरिएको संस्थाका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।

अन्धकारमा उज्यालो ज्योति छर्दै स्याक


‘अन्धकारलाई सराप्नुभन्दा एउटा बत्ती बाल्नु बेश’ भन्ने मूल नारा लिएर २०५२ साल साउन २९ गते स्थापना भएको समाज जारण केन्द्र (स्याक) नेपालले सोमबार २९ औँ स्थापना उत्सव मनाएको छ ।
झण्डै तीन दशक यात्रामा स्याक नेपालले नारा लिएजस्तै विपन्न, पछाडी पारिएको समुदाय तथा सिमान्तकृतहरुका लागि अन्धकार हटाउने चम्किलो दियोका रुपमा काम गरेको हो ।
संस्थाले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ एवम् स्वच्छता, सुरक्षित मातृत्व, एचआइभी÷एड्स, खाद्यसुरक्षा, संस्थागत विकास, महिलाअधिकार, बालअधिकार, सिमान्तवर्गको अधिकार, विपद व्यवस्थापन, मानवअधिकार, कोभिड १९ प्रतिकार्य, संस्थागत विकास, जलवायु परिवर्तन, आयआर्जन तथा जिविकोपार्जन, मानवीय सहायता, किशोरकिशोरी प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा कार्यहरु गर्दे आएको छ ।
महिला, बालबालिका र किशोरकिशोरीहरुलाई केन्द्रमा राखेर त्यसमध्ये दलित, जनजाती, सिमान्त वर्ग, एचआइभी संक्रमित, अपाङ्गता भएका व्यक्तिहरु, एकल महिला, घरमूली भएका महिला, दूर्गम, धार्मिक अल्पसंख्यक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा विभिन्न जोखिममा रहेका समुदायको सशक्तिकरण र विकासका लागि संस्थाले आफ्नो कार्य गर्दै आइरहेको स्याकका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्याकले तीनै तहका सरकार, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृसंस्था, संयुक्त राष्ट्र संघीय संस्थाहरु, विभिन्न सञ्जाल एवम् व्यक्तिगत सहयोगीहरुसंगको सहयोग, सहकार्य एवम् समन्वयमा विभिन्न पछाडि पारिएका समुदायहरुमा कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ । संस्थाले राखेको परिकल्पना, ध्येय, लक्ष्य, उद्देश्य पूरा गर्नका लागि विभिन्न साझेदार संस्थाको सहयोगमा हालसम्म नेपालका विभिन्न १८ जिल्लाहरुमा कार्यक्रम कार्यान्वयन गरिसकेको आचार्यले बताउनुभयो । गत आर्थिक बर्ष २०७९।०८० मा सुर्खेत जिल्ला दैलेख कालिकोट, जुम्ला, मुगु,सल्यान, डोल्पा र बैंतडी जिल्लामा गरी जम्मा २ वटा प्रदेश, ८ वटा जिल्ला र ३२ वटा स्थानीय तहहरुमा कार्यक्रम कार्यान्वयन गरेको संस्थाका कार्यकारी निर्देशक आचार्यले जानकारी दिनुभयो । गत बर्ष गरिएका कार्यक्रमबाट कार्यक्षेत्र अन्तर्गतका १७ वटा खानेपानी योजनावाट २ हजार ३१० घरधुरी सहित २२ वटा विद्यालय र २१ वटा अन्य सार्वजनिक स्थानहरुमा नियिमित रुपमा सुरक्षित पानी एवम् हात धुने स्थानको व्यवस्था भएको जनाइएको छ । जसबाट समुदायका १२१४३ जना सहित विद्यालयका ३ हजार ८ सय ५६ जना विद्यार्थीहरु लाभान्वित भएको संस्थाले जनाएको छ । यस्तै संस्थाले सञ्चालन गरेको कार्यक्रमले गर्दा कार्यक्ष्ँेत्रका विद्यालय बाहिर रहेका २३० जना बालबालिकाहरु विद्यालय पुनः भर्ना भई नियमित विद्यालय अध्ययन गरिरहेको जनाइएको छ । कर्णाली प्रदेशस्तर र कार्यक्षेत्रका स्थानीय तहमा जम्मा १९ वटा शिक्षा समुह गठन भइ क्रियाशील रहेको, कर्णाली प्रदेशका ५ वटा पालिकाहरुले पढाइ अभियानका लागि रु. ७ लाख रकम विनियोजित गरी कार्यान्वयन गरेको र जसबाट ४ हजार ५५१ जना बालबालिकाहरु पढाइ मेला, पढाइ प्रतियोगिता, कक्षा कोठामा सिकाइकुना र बालबालिकाको घरमा पढाइ कुना तयार गरी प्रयोग गर्दै आएको संस्थाले जनाएको छ ।
कार्यक्रम सञ्चालन भइरहेका ८ वटा विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययनरत विपन्न, जोखिममा रहेका, सिमान्तकृत परिवारका तथा विद्यालय छोड्न सक्ने संभावना भएका ४४ जना विद्यार्थीले शैक्षिक सहयोग प्राप्त गरी विद्यालयमा नियमित अध्ययन गरिरहेको संस्थाले जनाएको छ ।
संस्थाबाट विभिन्न तालिम सञ्चालन गरी क्षमता विकास तथा व्यवसायिक योजना निर्माणपश्चात ३८ जनाले थोपा सिचाई, ३ जनाले पानी तान्ने मोटर, २ जनाले प्लाष्टिक पोखरी, २ जनाले विरुवा रोप्ने मेशिन र ५ जनाले प्लाष्टिक टनेल सहयोग प्राप्त गरी हाल ५० कृषकहरुले विभिन्न जलवायुमैत्री खेती प्रणालीबाट उत्पादन शुरु गरेको जनाइएको छ । यस्तै लघुउद्यम विकास तालिम र व्यवसायिक सिप विकास तालिम पश्चात यस वर्ष परियोजनाको सहयोगमा व्यवसाय सञ्चालन गरिरहेका १२५ जना उद्यमीहरुले आफ्नो व्यवसायमार्फत औषतमा मासिक रु. १५ हजार ३ सय आम्दानी गरिरहेको संस्थाले जनाएको छ । व्यवसायिक सिप विकास तालिम सम्पन्न गरेका ४० जना युवाहरुलाई उनीहरुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालनार्थ सहयोग प्रदानपश्चात हाल ती युवाहरु स्वरोजगार तथा रोजगार प्राप्त गरेको पनि संस्थाले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३ वटा स्थानीय तहमा सञ्जाल गठन गरी क्षमता विकास र सरोकारवालाहरुसँगको पैरवी पश्चात १५७ जना अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचयपत्र प्राप्त गरेको जनाईको छ ।