फुलवारी मण्टेश्वरीका अभिभावकका लागि उत्प्रेरणामूक कार्यक्रम


सुर्खेत, ४ भदौ ।
फूलवारी मण्टेश्वरी एण्ड चाइल्ड केयर सेन्टर वीरेन्द्रनगर १० ले अभिभावक शिक्षा तथा उत्प्रेरणमूलक कार्यक्रम सम्पन्न गरेको छ ।
मन्टेश्वरीमा अध्ययन गर्ने बालबालिकाका अभिभावकहरुका लागि सोमबार उक्त कार्यक्रम गरिएको हो । मोटिभेश्नल स्पिकर रबि किरणले अभिभावकहरुलाई सकरात्मक सोच, बालबालिकाहरुलाई सिकाउनुपर्ने व्यवहार, आनिवानी, जीवन व्यवहार रुपान्तरण लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वीरेन्द नगर नगरपालिकाका शिक्षा, युवा तथा खेलदकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले विद्यालयको वातावरण, शिक्षकहरुको दक्षता एवं सीपको बारेमा बुझेर मात्रै आफ्ना बालबालिकाहरुका लागि मण्टेश्वरी लगायत पूर्वप्राथमिक तहका विद्यालय छनौट गर्न सुझाव दिनुभयो । विद्यालयका म्यानेजिङ्ग डाइरेक्टर लक्ष्मी शाहीले बालबालिकाको सिकाईका लागि विद्यालयसंगै अभिभावकको पनि महत्वपूर्ण भूमिका हुने भएकाले अभिभावकहरुका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विद्यालयले यसअघि पनि अभिभावकसंग अन्तरक्रियामूलक कार्यक्रम गर्दै आएकोमा यस पटक उत्प्रेरणमूलक कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।