वीरेन्द्रनगरमा अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७५ का सम्बन्धमा छलफल

सुर्खेत, ०६ भदौ । स्वास्थ्य सम्बन्धि पुर्नस्थापना सेवाका लागि जनप्रतिनिधि लगायत सरोकारवालाहरु संग अभिमुखकिरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तथा ह्याण्डीक्याप इन्टरनेशनल÷युएसएआईडीको साझेदारिमा संचालित पुर्नस्थापना परियोजना अन्तरगत अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वीरेन्द्रनगर नगर पालिका भित्र रहेको सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्नको लागि स्वास्थ्यकर्मीहरुलाई अपाङ्गता व्यवस्थापन तथा पुनर्स्थापना सम्बन्धी तालिमको व्यवस्थापन गर्ने पहल गर्ने ,पुनर्स्थापना सेवाको वार्षिक कार्ययोजना वनाई नगरपालिकाको स्वास्थ्य कार्ययोजनामा समावेश गरी विभिन्न साझेदार संस्थाको सहयोग तथा समन्वयमा कार्यक्रमहरु संञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्तिहरु तथा पुनर्स्थापनाको सेवाको आवश्यकता भएका व्यक्तिहरुको तथ्याङ्कलाई साझेदार संस्थाको सहयोगमा अध्यावधीक गर्ने निर्णय गरिएको छ ।


यसैविच, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सीवीएम ग्लोवल संगको साझेदारीमा संचालित हामीलाई पनि समावेश गर परियोजना अन्तर्गत वीरेन्द्रननगर नगरपालिका सुर्खेतमा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र कार्यविधि २०७५ संसोधन गर्नका लागि पैरवी वैठक सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको अपाङ्गता समन्वय समिति तथा अन्य सरोकारवाला निकायहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान ,अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय महासन्धी तथा अपाङ्गता भएका व्यक्तिहरुका अधिकार ऐन २०७४ ले व्यवस्था गरेका अधिकारहरु परिचयपत्र वितरण कार्यविधिमा छुट्न गएको हुँदा उक्त अधिकार कार्यविधिमा राख्नका लागि पैरवी गरिएको थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ले तयार गरेका अपाङ्गता परिचय पत्र वितरण सम्बन्धी कार्यविधीमा केही सुधार गरि परिमार्जन गर्नु पर्ने भएकाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश संग समन्वय गरि परिमार्जन गर्ने, सहायक सामाग्री सेवा प्रवाह गर्नको लागि सेवा सम्बन्धी अवधारणा अनुसार प्रवाह गर्ने संयन्त्रको विकास गरि कार्य गर्ने निर्णय भएको छ
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका नगर उपप्रमुख निलकण्ठ खनालको प्रमुनख आतिथ्यतामा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका निमित्त प्रमुख प्रसासखिय अधिकृत धिरेन्द्र प्रसाद शर्मा, वीरेन्द्रनगर नगरपालिका निमित्त प्रमुख प्रसासखिय अधिकृत धिरेन्द्र प्रसाद शर्मा , साझेदार सस्था ह्याण्डीक्याप इन्टरनेशनलका प्रकाश उपाध्याय, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश वकालत अधिकृत जितलाल ढकाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश परियोजना अधिकृत पार्वती आले लगाएत रहनु भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश व्यवस्थापक आनन्द बहादुर विष्टे संचालन गर्नु भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघिय कार्यलय परियोजना संयोजक सन्दिप वि.क ले गर्नु भएको थियो भने राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।