अम्मरज्योती माध्यमीक विद्यालयको ६३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

सुर्खेत, १५ भदौ । सर्खेतको विरेन्द्रनगर नगरपालिका वडा १२ मा रहेको अम्मरज्योती माध्यमिक विद्यालयको ६३ औ वार्षिक उत्सब तथा अभिभाबक दिबस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
बिद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बिद्यालयको बार्षिक प्रगती प्रतिबेदनको साथै ८ करोड २० लाख, २२ हजार ४ सय बराबरको आयव्यय प्रस्तुत गर्नुभयो ।
प्रधानाध्यापक थापाका अनूसार विद्यालयले विगत देखिनै राम्रो अभ्यासहरु सञ्चालन गर्दै आएपनि विद्यालयमा विद्यार्थिहरको चाप धेरै रहेकोले व्यावस्थापनमा चुनौति छन् । उहाँले शिक्षासँग सम्बन्धित नीति नियमहरु नबन्नु र बनेका नीति नियमहरु पनि भइरहनुले समस्या हुनेगरेको बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा विरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले अम्मरज्योती माध्यमिक विद्यालयले विभिन्न क्षेत्रमा सेवागर्न सक्ने, सक्षम जनशक्ति उत्पादन गर्न सफल भएको बताउनुभएको छ ।
उहाँले सक्षम जनशक्ति उत्पादन गर्न विद्यालय लागिरहेको भन्दै भविश्यमा पनि यसलाई निरन्तरता दिन लाग्न आग्रह गर्नुभयो । प्रमुख ढकालले नगरपालिकाले नगर स्तरिय दश वर्षे शैक्षिक रणनिति तयार पारेर अगाडि बढेको बताउनुभयो । उहाँका अनूसार गतवर्षबाट देखि कक्षा १ देखि १० सम्म ( हाम्रो विरेन्द्रनगर राम्रो विरेन्द्रनगर ) समेत स्थानीय पाठ्यक्रम लागु गरेको छ ।
यस्तै विरेन्द्रनगर नगरपालिका नगर शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणत्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गतिविधिलाई सुधार गर्न विद्यालयमा भएको आन्तरिक स्रोत र साधनको प्रयोग गरेर शैक्षिक सुधार गर्नुपर्ने बताउनुभएको छ ।
विद्यालयले हाल बालविकास देखि १२ सम्म साधारण तर्फ नेपाली र अङ्ग्रेजी माध्यममा पठनपाठन गर्दै आइरहेको छ । भने २०७२ सालदेखि सिटिभिटि अन्र्तगतका सिभिल र २०७५ देखि जियोमेटिक्सका कक्षाहरु पनि सञ्चालन गरेर प्राविधिक शिक्षा प्रदान गरिरहेको छ ।