बार्षिक उत्सवको पुर्व सन्ध्यामा चन्द्र गंगा माध्यमिक विद्यालयको तिज बिशेष कार्यक्रम सम्पन्न


सुर्खेत । विरेन्द्रनगर ११ गाग्रेताल सुर्खेत मा रहेको नेपाल राष्ट्रिय चन्द्र गंगा माध्यमिक विद्यालयको ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्तीको पुर्ब सन्ध्या मा सप्ताह ब्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ । ५० औं बार्षिक उत्सवको अवशसरमा विरेन्द्र नगर ११ मा अवस्थित टोल बिकास सस्था स्तरीय तिज बिशेष गित तथा नृत्य प्रतियोगिता राखेर भाद्र २६ गते सोही वडाका अध्यक्ष खिमलाल देवकोटा को प्रमुख आथित्यमा समुद्घाटन कार्यक्रम सप्पन्न गरेको छ । सोही कार्यक्रम मा सल्लाघारी टोल बिकास सस्था प्रथम , गाग्रेताल डाडा टोलबिकास सस्था दोश्रो , समाजसुधार टोलबिकास सस्था तेस्रो ,र सान्त्वना स्थान हासिल गरेको थियो ढोल ढुङ्गा टोल बिकास सस्थाले । उक्त प्रतियोगितामा पुरस्कार को राशी कर्मस ५ हजार , ४हजार ,३हजार ,२हजार राशी रहेको थियो। प्रतियोगितामा जम्म चार टोल बिकास सस्थाले भाग लियका थिए ।