एनसिइ नेपाल सुर्खेतकाे संयाेजकमा साेनाम

सुर्खेत, ३० भदाै ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ नेपाल) सुर्खेतमकाे संयाेजकमा तेज साेनाम चयन हुनुभएकाे छ । शनिबार वीरेन्द्रनगरमा आयाेजित ९ औँ धारणसभा एबम् तेश्रो अधिवेशनबाट आगामी कार्यकलका लागि स्याक नेपालका सोनाम सङ्योजकमा चयन हुनुभएकाे हाे । सचिवमा टीकाराम आचार्य तथा काेषाध्यक्षमा निशा पौडेल चयन हुनुभएकाे छ । यस्तै जगत केसी, विवेक  शाही र गीता बाेहाेरा सदस्यमा चुनिनु भएकाे छ । एनसिईका पूर्व केन्द्रिय काेषाध्यक्ष टिकाराम  आचार्संयकाे प्याेरमुख आतिथ्जयता तथा पूर्व जिल्ला अध्यक्ष भूपेन्द्रप्रसाद कंडेलकाे अध्यक्षतामा अधिवेशन सम्पन्न भएकाे थियाे । संयाेजक साेनामले नेपालकाे संविधानमा माैलिक हकका रुपमा उल्लेख गरिएकाे शिक्षाकाे अधिकार सुनिश्चितताका लागि सक्रियतापूर्वक लाग्ने बताउनुभएकाे छ ।