शिक्षा दिवशकाे अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान


सुर्खेत, २ असाेज ।
गुर्भाकाेट नगरपालिका भित्रका विद्यालयबाट उत्कृष्ठ नतिजा ल्याउने विधार्थीलाई सम्मान गरिएकाे छ ।
शिक्षा दिवशकाे अवसरमा गुर्भकाेट नगरपालिका वडा न ९ बोटेचौरमा संचालित साहारा ईङलिस मिडियम स्कुलले बिधार्थीहरुलाई सम्मान गरेकाे हाे । राष्ट्रिय परीक्षा वाेर्ड २०७९ काे SEE परिक्षामा गुर्भाकाेट नगरपालिका प्रथम भएका वडा नं ७ का प्रभाकर पुन मगर र कक्षा १२ काे परिक्षामा नगरपालिका प्रथम हुन सफल सुर्यज्याेति मावि मेहलकुनाका याेगेश खत्रीलाई सम्मान गरिएकाे साहारा ईङलिस मिडियम स्कुल बोटेचौटर का संचालक हरि खड्काले जानकारी दिनु भयो ।
कार्यक्रममा गुर्भाकाेट नगरपालिका नगरप्रमुख हस्त पुन , नगरपालिका नगर शिक्षा शाखा प्रमुख पदम बहादुर विक, प्याब्सन लेकबेशिका अध्यक्ष बलबहादुर खत्री, शिक्षक विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।


यस्तै साेमबार नै गुर्भाकाेट नगरशिक्षा युवातथा खेलकुद शाखाको आयोजनामा गुर्भाकोट नगरपालिकामा बक्तृत्व्कला र डाेरितान प्रतियोगिता सम्पन्न भएको छ।
डाेरितानमा प्रतियोगितामा प्रहरी चौकी मेहलकुना प्रथम र संस्थागत विद्यालय शिक्षक समुह दृतिय भएका छन् । बक्तृत्व्कला प्रतियोगितामा माबि ज्यामिरे प्रथम ,देउति ईङलिस मिडियम स्कुल द्वितीय र साहारा ईङलिस मिडियम स्कुल तृतीय भएका छन् ।