एमाले कर्णाली प्रदेश अध्यक्षका लागि पाँच जनाकाे उमेद्वारी


सुर्खेत, १२ असाेज ।
वीरेन्द्रनगरमा बुधबारदेखि सुरू भएकाे नेकपा एमाले कर्णाली प्रदेशकाे पहिलाे अधिवेशनमा निर्वाचन कार्यक्रम सुरू भएकाे छ ।
सहमतीमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि निर्वाचन गर्न लागिएकाे हाे । अहिले मनाेनयन दर्ता चलिरहेकाे छ । अध्यक्षका लागि साढे छ बजेसम्म पाँच जनाले उमेद्वारी दिएका छन् । निर्वाचन अधिकृत अधिवक्ता रामबाबु विसीले दिएकाे जानकारी अनुसार गुलाबजंग शाह, मिन बहादुर शाही, राज बहादुर शाही, प्रेम बहादुर सिंह र प्रकाश राेकायले अध्यक्षमा उमेद्वारी दर्ता गराएका हुन् । साह सल्यान, राजबहादुर दैलेख र अरू तीन जना कालिकाेटका हुन् । मनाेनयन दर्ताका लागि साँझ सात बजेसम्म समय रहेकाे निर्वाचन अधिकृत विसीले जानकारी दिनुभयाे । उहाँका अनुसार उमेद्वारकाे अन्तिम नामावली आजै राति हुनेछ भने मतदान भाेली हुनेछ । पाँच पदाधिकारी र १ सय ३० सदस्यगरी १३५ सदस्कयीय मिटि चयन हुनेछ ।