एमाले कर्णाली अधिवेशन : पाँच पदाधिकारीमा २० जनाकाे उमेद्वारी

सुर्खेत,१२ असाेज ।
नेकपा एमाले कर्णाली प्रदेशकाे पाँच पदाधिकारीका लागि २० जनाले उमेद्जवारी दिएका छन् । अध्यक्षमा पाँच, उपाध्यक्ष र सचिवमा तीन/तीन र उपसचिवमा नाै जनाले उमेद्वारी दर्ता गराएका हुन् । अध्यक्षमा गुलावजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश राेकायाकाे उम्मेदवारी परेकाे छ।
उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराकाे उम्मेदवारी परेकाे छ। यस्तै, सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीकाे उमेद्वारी परेकाे छ।
उप-सचिव समावेशिमा मेनका पछाई र पद्मा खड्काकाे उम्मेदवारी परेकाे छ। यस्तै, उप-सचिव खुलामा नायरणकुमार शाह, रविन्द्रकुमार शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, तेजप्रकाश विक (ताेरन) र धिरेन्द्रराज गिरीकाे उम्मेदवारी परेकाे निर्वाचन अधिकृत अधिवक्ता रामबाबु विसीले जानकारी दिनुभयाे । यस्तै १ सय ३० सदस्यका लागि तीन सय बढीकाे उमेद्वारी परेकाे विसीले बताउनुभयाे ।