सुर्खेत – बालबालिकाहरुको बाँच्न पाउँने अधिकार प्रत्याभूति हुन नसकेको भन्दै कर्णालीमा क्रियाशील नागरिक समाज सञ्जालहरुले संयुक्त विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।
यहि असोज १२ गत्ते वीरेन्द्रनगर सुर्खेतमा रहेको उषा बालबाटिका माध्यामिक विद्यालयकाे होस्टेलमा बसेर कक्षा २ मा अध्यानरत चामुण्डा विन्द्रासैनी नगरपालिका १ दैलेखका सलाम पुलामी झुण्डियको अवस्थामा भेटिएको र अर्का बालक आठविस नगरपालिका वडा नम्बर ६ का ५ वर्षीय दिग्दर्शन पुरीको वीरेन्द्रनगर स्थित जूम्ला रोडमा मोटरसाईकल दुर्घटनामा परि उपचारका क्रममा निधन भएको प्रति कर्णाली प्रदेशमा क्रियाशील १९ वटा नागरिक समाज तथा सञ्जालहरुले आफ्नो गम्भिर ध्यानाकर्षण भएको संयूक्त विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
बाल अधिकार माहासन्धि , नेपालको संविधान र बालअधिकार सम्बन्धि ऐन समेतले प्रदत्त गरेको बालबालिकाले बाँच्नपाउने अधिकार प्रत्याभुति हुन नसकेको भन्दै ध्यानाकर्षण सहितको संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन । विज्ञप्तीमा अधिकार प्रत्याभूति गराउन राज्यका सवै निकायलाई जिम्मेवार हुनसमेत अपिल गरिएको छ ।
विज्ञप्ति मार्फत नेपाल सरकारलाई दुबै घटनाको सत्य तथ्य र निक्ष्पक्ष छानविन तथा अनुसन्धान गरी कानुनी उपचार र पीडित पक्षलाई उचित क्षतिपूर्तिको ब्यबस्था गर्न समेत माग गरिएको छ । विज्ञप्ति हेर्नुहोस