
सुर्खेत, १६ असोज । प्लान ईन्टर नेश्नल नेपालले राष्ट्रिय राणनिति २०२३ देखी २०२८ सार्वजनिक गरेको छ । आज विरेनद्रनगरका प्लान ईन्टर नेश्नलको ४५ औँ वार्षीक उत्सवको अवशरमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय राणनिति सार्वजनीक गरेको हो ।
बलबालिका किशोर किशोरी, युवा र युवा महिलाहरुले आफ्नो जिवनको दौरानमा विभिन्न चुनौतहिरको सामना गर्नु परेको भन्दै प्लान ईन्टरनेश्नलका निदेश्न राम किसनले बालबालिका तथा युवाहरुले आफ्नो अधिकारलाई उपभोग गर्न पाउने बताउनुभयो । रणनिति अवधिमा नोपलका बालबालिका किशोरी तथा युवा महिलाहरुका लागी समावेशी, न्याययुक्त र सुरक्षीत समाजको परिकल्पना गरेको उहाँको भनाई रहेको छ । प्लान ईन्टरनेश्नल नेपालको पश्चिम क्षेत्रीय कार्यालयकी प्रवनधक मिनाकुमारी पराजुलीले प्रभावकारी मानविय प्रतिकार्यका लागी समुदायको सबलीकरण गर्न प्रतिबद्ध रहको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले कर्णाली प्रदेशमा पलान ईन्टर नेश्नल नेपालले महत्वपुर्ण कामहरु गर्दै आएको बताउँदै कर्णाली प्रदेश सरकारको सधै साथ रहने उल्लेख गनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा क्षेत्र सुधारका लागि संघ प्रदेश र स्थानीय तह विचको सहकार्यवाट मात्र सुधार गर्न सकिने बताउनुभएको उहाँको भनाई रहेको छ ।
कर्णालीका जनताको सुख र खुसीका लाई केन्द्रमा राखेर सरकारले आफ्ना गतीवीधि सञ्चालन गरिरहेकोमा जोड गर्दे मुख्यमन्त्री शर्माले आर्थिक सम्पन्नता संग सुख र समाजिक न्याय संग खुसी जोडिएकाले यसलाई ध्यानमा राखेर सरकार अघि बढ्न खोजेको वताउनुभयो ।
समुदाय स्तरवाट पनि शिक्षा क्षेत्रमा योगदान हुने भएकाले पहिलो पाठशाला घर परिवार बाटै सिकाई सुधारका लागि हरेक परिवारमा नियमित वैठक, छलफल र सिकाई अभ्यासको पारिवारिक वैठक आवश्यक रहेको मन्त्री शर्माको भनाई छ ।
कर्णाली प्रदेश सरकारले यहाँका १० जिल्लाका १÷१ वटा विद्यालयलाई नमूना विद्यालय वनाउने तयारी गरेको छ । त्यसका लागि कार्यवीधि निर्माणको काम समेत भैरहेको छ । कार्यक्रमका कर्णली प्रदेशका सामाजिक विकास मन्त्री खड्ग पोख्रेल, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसि, उर्जा तथाल जलश्रोत मन्त्री उर्मिला बिक लगाएत विभिन्न सरोकारवालाहरुको सहभागिता रहको थियो ।
प्लान ईन्टरनेश्नल नेपालले नयाँ राष्ट्रिय रणनिति २०२३ देखी २०२८ सम्मको अवधिमा आर्थिक श्रोत प्रप्त गर्न सकेमा सुदुर पश्चिम, लुम्बिनी, मधेर र अन्य प्रदेश सहित थप १५ जिल्लाहरुमा काम गर्ने लक्ष लिएको जनाएको छ ।
