सुर्खेत, २४ असार (जागरण) । लोपोन्मुख समुदाय राउटे अब गुराँस गाउँपालिकाको स्थायी नागरिक घुमन्ते जीबन बिताउँदै आएका राउटेलाई दैलेखको गुराँस गाउँपालिकाले आफ्नै स्थायी नागरिक बनाउने भएको छ । गाउँपालिकाले अब राउटेहरुलाई पनि परिचयपत्र दिएर आफ्नै नागरिक बनाउने तयारी गरेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनीहरुको नाम, थर खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र दिएसँगै अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका दैलेख कायम हुने भएको छ । यसै सन्दर्भमा हामीले दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला घुमन्ते जीबन बिताउँदै आएका राउटेहरु एकै ठाउँमा बस्लान् त ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।