बडा दशैं २०८० विशेष ; प्रथम बालकोटमेला आयोजना हुदै

युवराज पौडेल /पर्वत- महाशिला गाउँपालिका वडा नंं. ३ पर्वतमा प्रथम बालकोट मेला २०८० संञ्चालन हुने भएको छ ।
भएको छ ।

स्थानिय समाज कल्याण युवा क्लब वालाकोटको आयोजनामा कार्तिक ९ गते पर्वत महाशिला गाउँपालिका वडा नंं. ३ बालाकोट भ्यू पोइन्ट (मुसुरबारी डाडा) मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो ।

नेपालीहरुको महान चाड बडा दशैं २०८० लाई मध्यनजर गर्दै महाशिलामा गाउँपालिकाको ३ बालाकोट भ्यू पोइन्ट (मुसुरबारी डाडा) मा मा कार्यक्रम संञ्चालन गर्नलागेको संस्थाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ उडान,चर्के पिङ लठ्ठे पिङ्ग लगायत मनोरञ्जनात्मक कार्यक्रमहरू को प्रस्तुती रहने कार्यक्रम संयोजक लाल प्रसाद गुरुङ ले जानकारी दिनुभएको छ ।

स्थानिय कला संस्कृतिको संरक्षण सम्वद्र्धन प्रचार प्रसारका साथै कार्यक्रम संञ्चालनले महाशिलामा गाउँपालिकाको आन्तरीक पर्यटन विकासमा समेत   टेवा पुग्ने आयोजक संस्था समाज कल्याण युवा क्लब वालाकोटले विश्वास लिईएको छ ।